चितवन विशेष

चितवनका लोकप्रिय कवि भूपिनको उपन्यास ‘मैदारो’ ले पायो अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कार

Banner

चितवन, असार २-

चितवनका लोकप्रिय कवि, निवन्धकार र उपन्यासकार भूपिन खड्काको उपन्यास ‘मैदारो’ ले सर्वाेत्कृष्ट पुस्तक पुरस्कार प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विगत दुई वर्षमा छापिएका साहित्य क्षेत्रका विभिन्न विद्याका पुस्तकहरुमध्येबाट मैदारोलाई सर्वाेत्कृष्ट छनोट गरेको हो ।

भोलि शुक्रबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने विशेष कार्यक्रममा कवि भूपिनलाई दुई हजार १०० डलर अर्थात झण्डै तीन लाख नेपाली रुपैयाँको सो पुरस्कार प्रदान गरिने जनाइएको छ । २०७५ सालमा प्रकाशित सो उपन्यासले एउटा चित्रकारको आँखाबाट हेरिएको सामाजिक कलंक छुवाछुत र जातीय विभेदको कथा अभिव्यक्त गरेको छ ।

पुरस्कार ग्रहणको लागि आज काठमाडौँ जान लागेका कवि भूपिनले नारायणी अनलाइनसँग भने, ‘ मेरो कृति पुरस्कृत हुँदा धेरै खुसी लागेको छ । मैले उपन्यासमा उठाएको सामाजिक मुद्दा हाम्रो समाजमा अहिले पनि रहेको छ । पुस्तकले पाएको पुरस्कारले मेरो मुद्दालाई स्वीकृती दिएको स्वीकार गरेको छु ।’

२०३० सालमा बाग्लुङको बलेवामा जन्मिएका भूपिनले चितवनलाई कर्मथलो बनाउँदै आएका छन् । उनको क्षतिग्रस्त पृथ्वी र मूल सडक कविता संग्रह, हजार वर्षको निद्रा कविता संग्रह, चौबिस रिल निबन्ध संग्रह, सुप्लाको हवाइजहाज कविता संग्रह र मैदारो उपन्यास प्रकाशित भएका छन् । उनले प्राप्त गरेको यो पुरस्कारसहित अन्य राष्ट्रिय र अन्तराष्ट्रियरुपमा १६ वटा विभिन्न सम्मान र पुरस्कार प्राप्त गरेका छन् । अक्षर समूह चितवनका संस्थापक संयोजक रहेका भूपिन सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरका उपप्राध्यापक हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>