देश/प्रदेश
आज चुरे दिवसः एकैदिन एक लाख बोटबिरुवा रोपिँदै
०

काठमाडौं, असार २-
आज आठौं चुरे दिवस । नेपालमा चुरे संरक्षणका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति छ । जस अन्तर्गत चुरे संरक्षणका कार्यक्रम हुन्छन् । दिवसका अवसरमा आज समितिले रुख र फलफूल प्रजातीका कम्तीमा एक लाख बोटबिरुवा रोप्ने भएको छ । असार महिना वृक्षरोपण महिनाको रुपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षरोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।
उनका आगामी पाँच वर्षमा कम्तिमा एक करोड बाँकस, अम्रिसोजस्ता प्रजाती र एक करोड रुख, फलफूल प्रजाती रोप्ने लक्ष्य छ । न्युज कारखाना
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























