Breaking News

चितवनमा यस वर्ष सवारी दुर्घटना बढ्यो, पाँच वर्षमा ६४३ जनाको ज्यान गयो

Banner

प्रतिमा कुमाल

चितवन, असार १

अघिल्लो चार आर्थिक वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आर्थिक वर्ष २०७८\०७९ को जेठ मसान्तसम्म ४८५ वटा सवारी दुर्घटना भएको हो । यस चालु आर्थिक वर्ष सकिन अझै ३१ दिन बाँकी रहेको छ । यो संख्या अझै बढ्ने देखिएको छ ।

ट्राफिक कार्यालयका अनुसार यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७७\०७८ मा ४३५ वटा, २०७६\०७७ मा २६१ वटा , २०७५\०७६ मा २९५ वटा, २०७४\०७५ मा २७१ वटा भएका थिए ।
चालु आवमा ७३८ वटा सवारी साधन दुर्घटना भएका छन् । आव २०७७\०७८ मा ६६४ वटा, २०७६\०७७ मा ४३३ वटा, २०७५\०७६ मा ४५२, २०७४\०७५ मा ४०९ वटा रहेका छन् ।

पाँच वर्षमा ६४३ जनाको ज्यान गयो

यस वर्ष दुर्घटनामा परेर १३० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पुरुष धेरै रहेका छन् । तथ्याङ्क अनुसार पुरुष ९७ जना, महिला २१ जना, बालक ११ जना, बालिका १ जना छन् । बालकको संख्या भने पछिल्लो चार वर्षकै तुनामा धेरै हो । पछिल्लो आर्थिक वर्षको तथ्याङ्क केलाउँदा २०७७\०७८ मा १२८ जनाको ज्यान गएको थियो । जसमा पुरुष १०१ जना, महिला २२ जना, बालक दुई जना, बालिका तीन जना रहेका छन्

२०७६\०७७ मा १०७ जनाले ज्यान गुमाएका छन् । जसमध्ये पुरुष ८८ जना, महिला १४ जना, बालक पाँच जना छन् । २०७५\०७६ मा १४६ जनाको दुर्घटनामा परी मृत्यु भएको थियो । यो पाँच वर्षकै तुलनामा धेरै हो । यस वर्ष ११८ जना पुरुष, १७ जना महिला, पाँच जना बालक र छ जना बालिकाको मृत्यु भएको थियो ।

२०७४\०७५ मा १३२ जनाले अकालमा ज्यान गुमाएका थिए । जसमा १०३ जना पुरुष, २० जना महिला, ८ जना बालक, १ जना बालिका रहेका छन् । उनीहरुको ट्रक, ट्याङकर, ट्रिपर, बस, माइक्रो, जिपकार, ट्याक्टर, टेम्पो, मोटरसाइकललगायतका सवारीसाधनको ठक्करबाट मृत्यु भएको हो ।

गम्भीर घाइते

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २४३ जना सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । जसमा पुरुष १७३ जना, महिला ४७ जना, बालक १४ जना बालिका ९ जना रहेका छन् । २०७७\०७८ मा २९० जनामा पुरुष २१०, महिला ४७, बालक २३, बालिका १० जना गम्भीर घाइते भएका थिए । २०७६\०७७ मा १६५ जनामा १३४ जना पुरुष २१ जना महिला, छ जना बालक र चार जना बालिका, २०७५\०७६ मा २३० मध्य १६३ जना पुरुष, ४८ जना महिला, १३ जना बालक, ६ जना बालिका, २०७४\०७५ मा २२० जना मध्य १५२ जना पुरुष, ५२ जना महिला, नौ जना बालक र सात जना बालिका गम्भिर घाइते भएका थिए ।

पाँच वर्षको तुलना गर्दा गत आर्थिक वर्ष सबै भन्दा धेरै मानिसहरु दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।
२०७८\०७९ मा पशुचौपायाको मृत्यु सबै भन्दा धेरै

यस वर्ष सबै भदा धेरै पशु चौपायाको मृत्यु समेत भएको छ । तथ्याङ्क अनुसार चालु आवमा ३३ वटा चौपायाको मृत्यु भएको छ । गत आवमा एक वटा र यसभन्दा पहिलाको दुई आर्थिक वर्षमा शून्य थियो तर २०७५\०७६ मा सवारीसाधनको ठक्करबाट १२ वटा चौपायाको मृत्यु भएको थियो ।
राजश्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यस अवको जेठसम्म दुई करोड ७६ लाख ६४ हजार ५०० राजश्व संकलन गरेको छ । २०७७÷०७८ मा तीन करोड ३० लाख ३७ हजार, २०७६\०७७ मा दुई करोड ३१ लाख चार हजार राजस्व संकलन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>