चितवन विशेष

भरतपुरमा हिंसापीडित महिलाको उपचारका क्रममा मृत्यु

Banner

चितवन, असार १-

भरतपुरमा उपचाररत एक हिंसापीडित महिलाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका– १ पिप्लेकी २७ वर्षीया महिलाको आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।

मृतकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । ती महिला गत जेठ २० गते उपचारका लागि भरतपुर अस्पताल भर्ना भएकी थिइन् ।

उक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरका एक पुरूष पक्राउ परिसकेका छन् । प्रहरी प्रवक्ता अधिकारीका अनुसार हेटौँडा उप–महानगरपालिका वडा नं. ९ निवासी वर्ष ४५ का पूर्णबहादुर घलानलाई जेठ २४ गते नै पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडितकी भाउजूले घलानविरूद्ध जबरजस्ती करणी गरेको भन्दै चितवन प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही दिन पीडक घलानलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>