Breaking News

बागमती प्रदेशको २९.९ प्रतिशत कृषि कर्जा चितवनमा, कुन जिल्लामा कति ?

Banner

चितवन,जेठ ३१-

बागमती प्रदेश सरकारले चितवनमा २९.९ प्रतिशत कृषि कर्जा प्रवाह भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको बागमति प्रदेशको आर्थिक गतिविधि सम्बन्धी अर्ध-वार्षिक प्रतिवेदनअनुसार काठमाडौंपछि सबैभन्दा बढी कृषि कर्जा प्रवाह चितवनमा भएको उल्लेख छ । बैंक तथा वित्तीय संस्थाबाट बागमती प्रदेशमा ६ महिनाको अवधिमा १ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । जसमा यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा २०.२ प्रतिशतले वृद्धि भएको थियो । यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ४ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । कृषि क्षेत्रमा प्रवाह भएको कर्जामा चितवन जिल्लामा मात्रै ३० अर्ब ९२ करोड ४९ लाख कर्जा प्रवाह भएको छ । यस्तै काठमाडौंमा ४१ अब ७३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन बागमती प्रदेशमध्ये काठमाडौंको हिस्सा ४०.४ प्रतिशत रहेको तथ्याङ्कले उल्लेख गर्दछ ।

यस्तै मकवानपुर जिल्लामा ६ अर्ब ६५ करोड ८६ लाख (६.४ प्रतिशत), काभ्रेपलाञ्चोक जिल्लामा ५ अर्ब २८ करोड ९२ लाख (५.१ प्रतिशत) र धादिङ जिल्लामा ४ अर्ब ८ करोड ५१ लाख (४ प्रतिशत) कर्जा प्रवाह भएको छ । त्यसैगरी, नुवाकोट जिल्लामा ३ अर्ब ९७ करोड १२ लाख (३.७ प्रतिशत) राष्ट्र बैंकको प्रतिवेदनले उल्लेख गरेको छ ।

यस्तै ललितपुर जिल्लामा ३ अर्ब १६ करोड ५९ लाख (३.१ प्रतिशत), भक्तपुर जिल्लामा २ अर्ब ५१ करोड ३६ लाख (२.४ प्रतिशतं), सिन्धुली जिल्लामा १ अर्ब ९० करोड २७ लाख (१.८ प्रतिशत), सिन्धुपाल्चोक जिल्लामा १ अर्ब २९ करोड १३ लाख (१.२ प्रतिशत), दोलखा जिल्लामा ७५ करोड (०.७ प्रतिशत), रामेछाप जिल्लामा ६३ करोड ५३ लाख (०.६ प्रतिशत) र रसुवा जिल्लामा ५८ करोड ९९ करोड (०.६ प्रतिशत) कर्जा प्रवाह भएको राष्ट्र बैंकको प्रतिवेदनले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>