Breaking News

शुष्मालाई न्यायको माग गर्दै चितवन प्रहरी कार्यालय भित्रै महिला अधिकारकर्मीको प्रदर्शन

Banner

प्रतिमा कुमाल

चितवन, जेठ २९ –

मृतक शुष्मा ढुंगाना पौडेलको न्यायका लागि चितवनका अधिकारकर्मीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

शुष्मालाई आत्महत्या गर्न बाध्य पारिएको पारिवारको भनाइलाई सम्बोधन गर्दै आज सोमबार जिल्ला प्रहरी कार्यालय चितवनको कार्यालय भित्र प्लेकार्डसहित न्यायको माग गरिएको हो ।
प्ले कार्डमा ‘कति चुप बस्ने ? ज्यान मारालाई फाँसी दे, हत्यारा लाई कारबाही गर, घरेलु हिंसा अन्त्य गर, जस्टिस फर शुष्मा’ लेखिएको थियो ।

भरतपुर–१७ बेलुवाकी शुष्माले बकेनाको रुखमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । गैँडाकोट–१० मा उनको माइती घर रहेको छ । ३० वर्षीय शुष्माको ५ वर्षीय छोरासमेत छ ।
माइती क्षेत्रका छिमेकी लीला पौडेलले मानसिक र शारीरिक यातनाका कारणले नै उनले आत्महत्या गरेको बताइन् । उनले भनिन्, ‘विवाह भएको ६ वर्ष भयो, ५ वर्षको बच्चा छ । श्रीमान् र उनको परिवारले कोहीसँग बोल्न नदिने, शंका गर्ने , कुटपिट गर्ने गर्दा रहेछन् । यो कुरा उनले आफ्नो आमा बुबालाई पनि भनेकी रहेछन् । आमाबुबाले बच्चा लिएर आइज भनेका रहेछन् । शुष्माले नै म गर्नसक्छु, केही हुदैन, जागिर छ बच्चा छ । तर, उनले तनाव सहन नसकेरनै मृत्युको बाटो अप्नाएको हुनुपर्ने पौडेलको जीकिर छ । साथै शव हेर्दा आफ्नो नरजमा आत्महत्या गरे झै नदेखिएकाले उनको श्रीमान् र परिवारप्रति आशंका रहेको उनको भनाइ छ ।

साथै शुष्माको माइतीपक्षले घरेलु हिंसाका कारण ज्यान गएको हुनसक्ने आरोप लगाउँदै छानबिनको माग गरेको छ । उजुरी हालेसँगै छानबिनका लागि प्रहरीले आरोपित श्रीमान्लाई हिरासतमा राखेको छ । म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रबिन विष्टले जानकारी दिए । मृतक शुष्मा भरतपुर–१८ भुवनबस्तीस्थित एक औषधि कम्पनीमा कार्यरत थिइन् भने उनका श्रीमान् भरतपुर–१७ स्थित कमलदेवी अंग्रजी आवासिय माविमा अध्यापन गर्छन् ।
शुष्माको शव अझै भरतपुर अस्पतालको शव गृहमा रहेको छ । न्याय नपाई शव नउठाउने परिवारको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>