चितवन विशेष
द्रुत पासपोर्ट बनाउन अब सिफारिस नचाहिने
०

चितवन, जेठ २९-
नेपालमा अबदेखि राहदानी (पासपोर्ट) बनाउन कुनै पनि सिफारिस नचाहिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आज जारी गरेको सूचनामा द्रुत राहदानी बनाउन नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र प्राप्त व्यक्तिलाई कुनै पनि सिफारिस आवश्यक नपर्ने भएको हो । यसअघि जिल्ला प्रशासनबाट सिफारिस लिएर मात्र द्रुत राहदानी काठकाडौँबाट राहदानी विभागबाट बनाउन सकिने व्यवस्था रहेको थियो । नाबालक तथा नाबालिकाको हकमा भने एक पटक सिफारिस लिनुपर्ने व्यहोरा सूचनामा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























