चितवन विशेष
इच्छाकामनाको विभिन्न पहाडी क्षेत्रमा भोलिबाट बिजुली बल्ने
०

चितवन, जेठ २९-
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र चितवनले इच्छाकामना गाउँपालिका–१ का स्थानीयलाई सजक रहन अनुरोध गरेको छ ।
वडाको हात्तिबाङ्देखि रमनसिंह डाडा, पोलभन्ज्याङ र चौकिडाँडालगायत क्षेत्रमा भोलि बिहान करेन्ट छोड्न लागिएको प्रमुख राजिव सिंहले जानकारी दिएका हुन् ।
यस क्षेत्रमा नयाँ विद्युत् लाइन प्रसारण हुन लागेकोले नयाँ लाइनमा विस्तार भएका पोल, तार स्टेवायर नछुन प्राधिकरणले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























