तनहुँ

सडक विभागको लापरबाहीले तनहुँमा बाटो भासियो,यात्रुले ज्यान गुमाएः गृहमन्त्री

Banner

काठमाडौं,जेठ ३०-

गृहमन्त्री बालकृष्ण खाँणले सडक विभागको लापरबाहीले पृथ्वी राजमार्गस्थित तनहुँको आँबुखैरेनीमा बाटो भासिँदा दुई यात्रुले ज्यान गुमाउनुपरेको बताएका छन्। गृह मन्त्रालयमा सोमबार बसेको विपद् कार्यसमिति बैठकमा बोल्दै गृहमन्त्री खाँणले सडक विभागको लापरबाहीकै कारण दुई नागरिकले ज्यान गुमाउनुपरेको जिकिर गरे। उनले उक्त सडक भासिने कुरा सडक विभागलाई पहिल्यै जानकारी रहेको भन्दै सडक चर्किसक्दासमेत हेलचेक्र्याइँ गरेको आरोप लगाए।

गृहमन्त्री खाँणले नेपाल भूबनावटका कारणले विपद्को उच्च जोखिममा रहेको बताउँदै राज्यका सबै निकायले विपद्का घटनाबाट जोगिन समन्वयात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए। उनले प्रविधिसँगै रेडियो, टिभीबाट विपद्को जोखिमका सूचना कम प्रवाह हुने गरेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>