चितवन विशेष

‘मिस युनिभर्स नेपाल–२०२२’ को आवेदन खुला, ट्रान्स महिलाले पनि भाग लिन पाउने

Banner

चितवन, जेठ २९–

नेपालमा सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियागिता मिस युनिभर्सको आवेदन खुला भएको छ ।

‘ओरिफ्लेम मिस युनिभर्स नेपालले’ आज चितवनमा प्रेस मिटको आयोजना गरेर २२ देखि असार १६ सम्म हुने प्रतियोगिताबारे जानकारी गराएको हो ।

मिस युनिभर्स नेपालका लागि राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठको अनुसार यस वर्ष आवेदन बुझाउनको लागि दुई महिनाको समय दिइएको छ । जसमा इच्छुकले मिस युनिभर्स नेपालको आधिकारिक एप मार्फत अनलाइ आवेदन दिन सक्छन् । विस २०२० बाट नेपालमा सुरु भएको ‘मिस युनिभर्स नेपालले’ विगतको वर्षमा जस्तै यस वर्षपनि उचाइ, तौलमा कुनै मापदण्ड राखेको छैन र यसमा ट्रान्स महिला तथा गैरआवासी नेपालीले पनि सहभागी हुन पाउने निर्देशक श्रेष्ठले जानकारी दिइन् । उनको अनुसार २०२० मा ६ जना गैरआवासी नेपाली र एक ट्रान्स महिलाले पनि सहभागिता जनाएका थिए भने २०२१ मा ५ गैरआवासी नेपालीले भाग लिएका थिए र यस वर्ष पनि दुई ट्रान्स महिलाले आवेदन दिएका छन् ।

त्यस्तै उमंग क्रिएसन प्रालिको आयोजनामा विगत दुई वर्ष देखि नेपालमा हुँदै आएको ‘मिस युनिभर्स नेपाल’ को यो तेस्रो संस्करण हो । यसमा भाग लिनेले आवेदन बुझाउँदा एक हजार रुपयाँसहित परिचय खुल्ने आधिकारिक कागजपत्र, आयोजक समूह तथा प्रशंसकले बुझने गरी प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले आफू विजेता बन्न योग्य छु भनेर खुल्ने गरी प्रश्नको उत्तर दिनु पर्ने उनको भनाइ छ । उनले दिएको जानकारी आनुसार आवेदन बुझाएका प्रतिस्पर्धीको मूल्यांकन तथा भोटिङको आधारबाट ५० हुँदै सेमिफाइनलको लागि २० जना छनोट हुने छन् । त्यस लगतै २० जनाको समूहलाई काठमाडौँ लगेर १९ अगस्ट भदौं ३ गते फाइनल गरिने छ । उक्त प्रतियोगिताको बिजेताले १० लाख नगद, स्कुटर, क्राउन सहित अन्य विभिन्न पुरष्कार पाउने उनले बताइन ।

त्यस्तै ‘मिस युनिभर्स नेपालले–२०२१’ की विजेता सुजिता बस्नेत भएकी थिइन । उनको अनुसार उनी अमेरिकामा जन्मेकी हुन् । आफू विदेशमा जन्मे हुर्के पनि २०११ मा उनलाई विश्वमा नेपाललाई चिनाउने चाहाना मनमा आएको उनले बताइन् । सोही चाहाना अनुसार उनी २०२० मा नेपाल आएर पहिले पटक ‘मिस युनिभर्स नेपालले–२०२०’ मा भाग लिइन् तर उक्त समय आफू असफल भएपछि पुनः २०२१ मा भाग लिइन् र बिजेता भएको उनले बताइन् ।

आज चितनमा सम्पन्न ‘ओरिफ्लेम मिस युनिभर्स नेपालले’ को पत्रकार सम्मेलनमा मिस युनिवर्स नेपालका लागि राष्ट्रिय निर्देशक नग्मा क्षेष्ठ, ‘मिस युनिभर्स नेपालले–२०२१’ की विजेता सुजिता बस्नेत, स्टाइलिस्ट सागर गुरुङ र प्रशिक्षक रमिथ तामाङको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>