खेलकुद

भरतपुरमा भएको एसईई फुटसल प्रतियोगितामा प्रेमबस्ती माविको समूह पहिलो

Banner

चितवन, जेठ २९-

एसईईको परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी अंकुरम एकेडेमी भरतपुरले गरेको फुटसल प्रतियोगितामा प्रेमबस्ती स्कुलको समूह पहिलो भएको छ ।

प्रतियोगितामा फस्ट रनर अप अंकुरम एकेडेमीको समूहले हात पार्न सफल भएको छ । विद्यार्थीहरुमा थप हौसला बढाउन प्रथमहुनेलाई ट्रफी, मेडल, प्रमाणपत्र सहितनगद पाँच हजार र फस्ट रनरअफलाई प्रमाणपत्र, मेडलसहित तीन हजार नगदप्रदान गरिएको एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेलले बताए । प्रतियोगितामा एईईको परीक्षा दिएर बसेका २४ समूहका १९२ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुमा लुकेर रहेको क्षमता विकाससँगै वैयक्तिक र शारीरिक विकासमा सहयोग पु¥याउने उद्देश्यले अंकुरमले प्रतियोगिता आयोजना गरेको एकेडेमीका प्राचार्य सुमन पौडेलले जानकारी दिए । डिजिटल माध्यमबाट कक्षा सञ्चालन हुँदै आइरहेको अन्तर्राष्ट्रियस्तरको विद्यालय अंकुरमले विद्यार्थीहरुको चाहना अनुसार प्रतियोगितात्मक रुपमा स्थापनाकालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>