रोचक

यी हुन हाइ भोल्टेज प्रवाह हुने तारमा बिहानदेखि झुण्डिएका माइला

Banner

नुवाकोट,जेठ २८-

नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युत्‌को प्रसारण लाइनमा झुण्डिएका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । तालिमप्राप्त सैनिकहरु टावरमा चढेपछि शनिबार बिहानदेखि तारमा बस्दै आएका व्यक्ति ओर्लिएका हुन् । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार ककनी वडा नम्बर ७ घाँडेफेदीबाट तल झारिएको हो । मोटरमा हालेर लगिएको छ, तामाङले भने ।

उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका १३ का प्रेम बिक शनिबार बिहान ११ बजेतिर चढेका थिए । उनी पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै स्थानीयको खबरपछि प्राधिकरणले उक्त प्रसारण लाइनको बिजुली काटेको थियो ।

बिक तारमा झुण्डिएर हिँडिरहेको अवस्थामा स्थानीयहरूले भिडियो समेत बनाएर सार्वजनिक गरेका थिए । स्थानीयहरूले तयार पारेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा बिकले मानसिक सन्तुलन गुमाएको पनि बताइएको छ । बिक तारमा झुण्डिएको तस्बिर र भिडियो शनिबार दिनभर सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर गरिएको छ ।

झन्डै ८ घण्टापछि बिकलाई सेनाको टोलीले उद्धार गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>