Breaking News

शक्ति राष्ट्रहरु नेपालमा जबर्जस्ती हात घुसार्न खोज्दैछन्: केपी ओली

Banner

काठमाडौं, जेठ २८-

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बाह्य शक्तिहरुले जबर्जस्ती हात घुसाउन खोजेको आरोप लगाएका छन् । राष्ट्रिय जनसंगीत कलाकार संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले राष्ट्रिय हितका सबालमा सबै नेपालीलाई एक हुन आह्वान गरे।

’हाम्रो देशमात्र होइन, कुनै पनि देश सजिलोसँग अगाडि बढेको छैन । हामी पनि सजिलो गरी अगाडि बढ्न सक्दैनौं। हामीसामु व्यवधान र चुनौतीहरु छन्, आउनसक्छन्,’ उनले भने, ’हाम्रो देशमा शक्तिहरुले जबर्जस्ती हात घुसार्न खोजिरहेका छन्, खोज्नसक्छन् । राष्ट्रिय हितका लागि हामी सबै एक हुन जरुरी छ ।’

उनले आफूले धेरै देशको भ्रमण गरेको, त्यहाँका विकासको यात्रा र म्युजिमहरु घुमेको भन्दै आफ्नो देशलाई माया गर्न आग्रह गरे । ’माया भनेको किस गरेर भन्न खोजेको होइन। राष्ट्रिय हित, स्वाभिमान र स्वाधीनताको रक्षाका लागि माया गर्नुप¥यो,’ उनले भने ।

उनले २१औं शताब्दी बुद्धि र तथ्यको हुनुपर्ने भन्दै पछिल्लो समय शक्ति राष्ट्रतहरु बल र तर्क गरेर धाक, धम्की दिने गरेको बताए।

‘२१औं शताब्दी बलको होइन, बुद्धिको शताब्दी हुनपर्ने हो। तर्कको होइन, तथ्यको शताब्दी हुनुपर्ने हो। तर तरिका पु¥याएर बल र तर्ककै शताब्दी बन्न पुगेको छ । न्यायको शताब्दी हुन सकेको छैन,’ उनले भने।

उनले शक्तिशाली राष्ट्रहरुलाई इंगित गर्दै आफूहरु सबैसँग मित्रता चाहेको बताए । ’हामी सबैको मित्र हौं । मित्रता चाहन्छौं । हामीलाई डर, धाक, धम्की र लोभ लालचमा फकाएर हस्तक्षेप गरेको देख्न, हेर्न सक्दैनौं । हाम्रो राष्ट्रमाथि कुनै पनि हिसाबमा कसैका दुस्प्रभाव पार्न दिन्नौं,’ उनले भने । रहेको छ भन्ने बुझ्न नसकेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>