Breaking News

मुग्लिन-आँबुखैरेनी सडकः पहरो काटेपछि साना सवारी साधन चल्न थाले

Banner

चितवन,जेठ २७-

मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर एकतर्फी सञ्चालन गरिएको छ। सडक विभागअन्तर्गतको सडक डिभिजन दमौलीकी प्रमुख सिडिई लक्ष्मी केसीका अनुसार अहिले माइक्रोबस सम्मका सवारी साधन एकतर्फी रूपमा चलाउन सुरू गरिएको छ।

‘साना सवारी पालैपालो गरेर पास गरिरहेका छौं। बीचमा काम पनि भइरहेको छ,’ केसीले भनिन्,‘बस र ट्रक भने पठाएका छैनौं।’ सडक भासिएको ठाउँमा अब के गर्ने भन्ने अध्ययन गर्न विभागका इन्जिनियरहरूको टोली स्थलगत निरीक्षणमा रहेको उनले बताइन्।

मुग्लिन-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडकमा शुक्रबार बिहान सडक भासिएको थियो। सडक भासिएको ठाउँमा एउटा निजी कार र दुई जनाको शव फेला परेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>