Breaking News

मुग्लिङ-आँबुखैरेनी सडक भासिँदा अलपत्र परे यात्रु,बेलिब्रिज राख्ने तयारी

Banner

चितवन,जेठ २७-

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको छ। अविरल वर्षापछि गए राति सडक भासिएको हो।

भासिएको सडकबाट सवारी साधन कट्न सक्ने अवस्था छैन। मुश्किलले मानिसहरू ओहोरदोहोर गर्न सक्छन्। आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ साँखरमा सडक नै पहिरिएर मर्स्याङ्दीमा खसेको छ।सड कको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताएका छन्।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले जानकारी दिए। करिब २० मिटर सडक भाँसिएको छ। आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक भासिँदा राजमार्ग अवरूद्ध रहेको बताए। ‘गाउँपालिकाका इन्जिनियरहरू सडक भासिएको ठाउँमा पुग्नुभएको छ,’ उनले भने, ‘बेलिब्रिज राख्ने वा भित्तो फालेर सडक फराकिलो पार्ने कुनै एक काम गरेर सडक खुलाइन्छ।’

उनले यस क्षेत्रमा वैकल्पिक मार्गसमेत नरहेको बताए। मुग्लिङतर्फबाट तनहुँ, गोरखा, लमजुङ, कास्कीलगायत क्षेत्रमा जाने यात्रु सडकमै अलपत्र छन्।

सडक भासिएको ठाउँमा एउटा गाडी देखिएको प्रहरीले बताएको छ। यसमा कति यात्रु थिए र उनीहरूको अवस्था के छ भन्नेबारे प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ। बुधबार राति चितवनको इच्छाकामना गाउँपालिकास्थित सडकमा पहिरो खस्दा बिहीबार अबेर मात्रै सडक पुनः सञ्चालनमा आएको थियो।

काठमाडौंबाट गन्तव्यमा गएका र काठमाडौं भित्रने यात्रुहरू वर्षापछि पहिरोले सडक अवरूद्ध हुँदा दुई दिनसम्म सडकमै अलपत्र परेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>