चितवन विशेष

नारायणगढबाट ट्रकमा लुकाइ राखेको ७७ लाख बढी मूल्यका अवैध कपडा बरामद

Banner

चितवन, जेठ २६-

चितवन प्रहरीले भरतपुरको नारायणगढबाट एक करोड बढी मूल्यका अवैध कपडा बरामद गरेको छ । नारायणगढ बजार क्षेत्रमा भन्सार चोरी पैठारी गरी लु १ ख ९५४५ नम्बरको ट्रकमा विभिन्न किसिमको कपडाहरू अवैद्य रुपमा लुकाइ छिपाइ ल्याएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा सो कपडा बरामद गरेको हो ।

प्रहरीले ट्रक खोजतलास गर्ने क्रममा बुधबार भरतपुर महानगरपालिका वडा नं. १ बालकुमारी चोक स्थित सडक छेउमा ट्रक रोकी राखेको अवस्थामा फेला पारी उक्त ट्रक तलासी गर्दा ट्रकमा सिमेन्ट लोड गरेको, उक्त सिमेन्टमाथि अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याई लुकाइ राखेको ७७ लाख छ हजार ८७५ बराबरको लत्ता कपडा फेला पारेको जनाएको छ । सामान र ट्रक गरी एक करोड २२ लाख छ हजार ८७५ रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागि बुधबार राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको चितवन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>