चितवन विशेष

देवघाटको वृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण

Banner

चितवन, जेठ २६-

स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढले देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।

वृद्धाश्रममा रहका आमाबुबाको लागि आवश्यक खाद्यान्न तथा फलफूल वितरण गरेको क्लबका अध्यक्ष निरा श्रेष्ठले जानकारी दिइन् ।

उक्त वृद्धाश्रममा हरेक वर्ष यस किसिमका कार्यक्रमहरू आयोजना गर्ने गरेको कार्यक्रम संयोजक कल्पना पाठकले कार्यक्रममा बताइन् । रोटरी क्लब अफ नारायणगढका पूर्वअध्यक्ष रोहितकुमार श्रेष्ठले आप्mनो मन्तव्यको क्रममा वृद्धाश्रममा आश्रित आमाबुबाहरूको सु–स्वास्थ्य एवम् दीर्घायुको कामना गरे ।

संस्थाका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले आज स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढलाई आजिवन सदस्यता प्रदान गर्दै स्पाउज क्लबका अध्यक्ष निरा श्रेष्ठमार्पmत् क्लबलाई आजिवन सदस्यताको प्रमाणपत्र पनि वितरण गरेको छ ।

कार्यक्रममा समाजसेवी छायाँ श्रेष्ठ, नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्षहरू लगायत स्पाउज क्लबका संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेल, पूर्वअध्यक्षहरू, पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>