रोचक

आफैँसँग विवाह गरेकी दुलही एक्लै हनिमुन मनाउन गोवा जाने

Banner

एजेन्सी,जेठ २६-

भारतको गुजरातमा २४ वर्षकी क्षमा बिन्दुले बुधबार आफैँसँग विवाह गरेकी छिन् । बिन्दुले ११ जुनमा विवाह गर्ने घोषणा गरेकी थिइन् तर उनले तोकिएको समय अघि नै आफूसँग विवाह गरेकी छिन् । कसैले घरमा आएर विवाद निम्त्यायो भन्ने हो कि भन्ने चिन्ताले उनले तोकिएको समय अघि नै विवाह गरेको क्षमाले बताएकी छिन् । उनले आफ्नो विशेष दिनलाई बर्बाद पार्न नचाहेको बताइन् । उक्त विवाहमा उनका विशेष साथीहरुको उपस्थिति थियो ।

यो विवाहका बेला मेहन्दी र हल्दी पनि भयो । क्षमाले अग्नीलाई साक्षी राखेर सातपटक घुमिन् पनि । यो विवाहमा दुलहा थिएनन् न नै पण्डित । यो यस्तो खालको पहिलो विवाह भएको बताइएको छ । विवाहमा क्षमा बिन्दुले रातो रङको साडी लगाएकी थिइन् र हातमा मेहन्दी र सिउँदोमा सिन्दुर पनि भरेकी थिइन् । क्षमाले सुरुमा मन्दिरमा विवाह गर्ने निर्णय गरेकी थिइन् तर बिजेपीको विरोध पछि उनले घरमा नै विवाह गर्ने निर्णय गरिन् । त्यसपछि पण्डितले पनि उनको विवाह गर्न अस्वीकार गरिदिए । त्यसपछि क्षमाले मन्त्रको क्यासेट बजाएर विवाह गर्ने निर्णय गरिन् ।

क्षमाले अब आफू हनिमुनका लागि गोवा जाने बताएकी छिन् । यो विवाहमा उनका आमा–बुवा असाध्यै खुसी छन् । उनीहरुले छोरीलाई आशीर्वाद पनि दिएका छन् । क्षमाको सोलो म्यारिजको फोटो सोसल मिडियामा मज्जाले भाइरल भइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>