Breaking News

चितवनमा असारबाट नयाँ लाइसेन्स पाइने, २८ जना कर्मचारीको दरबन्दी स्वीकृत

Banner

चितवन, असार २५-

यातायात व्यवस्था सेवा कार्यालय चितवनले असारभित्रै सवारीसाधनको नयाँ लाइसेन्सका लागि ट्रायल लिने गरी तयारी गरेको छ ।

ट्रायल सेन्टरको छनोटदेखि कर्मचारी दरबन्दी मिलाउने पक्रिया यातायात कार्यालयले सञ्चालन गरिरहेको कार्यालयले जनाएको हो ।

यातायात सेवा कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले सकभर जेठको अन्तिम र नसकेमा असारभित्रमा सेवा सुरु गर्ने तयारी गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । सेवा सुरु भएपछि बाग्मती प्रदेशका सबै जिल्लाका नागरिकहरुले भरतपुरमा आएर सवारी लाइसेन्स बनाउन सक्नेछन् । अनलाइनबाट नै उनीहरुले टोकन लिन पाउँने व्यवस्था गरिँदै छ । यसअघि जेठभित्रै ट्रायल सुरू गर्ने भनिएकामा ट्रायल सेन्टरहरुको प्राविधिक मूल्याङ्कन गर्ने काम लम्बिँदा ढिलो भएको पौडेलले बताए । सूचना अधिकारी पौडेलले भने, ‘अहिले ६ वटा ट्रायल सेन्टरहरुको प्राविधिक मूल्याङ्कन गर्ने काम भइरहेको छ । तोकिएको मापदण्ड पुगेका सेन्टरलाई छनोट गरिन्छ ।’

कार्यालयको आफ्नै ट्रायल लिने ठाउँ नभएकोले निजी ट्रायल सेन्टर छनोटका लागि कार्यालयले वैशाख २ गते १५ दिने सूचना निकालेर प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेस गर्नेमा भरतपुरका एक्सिस ड्राइभिङ, महालक्ष्मी ट्रायल सेन्टर, चितवन ड्राइभिङ स्कुल, सदगुरू ड्राइभिङ, गरिमा ड्राइभिङ इन्स्टिच्युट र त्रिवेणी ड्राइभिङ सेन्टर रहेका छन् ।

प्राविधिक मूल्याङ्कन छनोट सकेपछि आर्थिक मूल्याङ्कनको प्रस्ताव आह्वान गर्ने यातायात सेवा कार्यालयले जनाएको छ । त्यसमा कार, बाइक र गाडीको ट्रायल शुल्क कति लिने भन्ने प्रस्ताव सबैले पेस गर्छन् । जसले कम शुल्कमा सुविधा दिन्छु भन्छ उही प्रस्तावक छनोटमा पर्छ । सूचना अधिकारी पौडेलले सवारी लाइसेन्स सेवा सुरु गर्न २८ जना कर्मचारीको दरबन्दी स्वीकृत भइसकेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>