Breaking News

चितवनमा दुई कठ्ठाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने

Banner

चितवन,जेठ २४-

चितवनमा दुई कठ्ठाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने भएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावली २०७९ मा यस्तो व्यवस्था गरिएको हो । २३ जेठमा राजपत्रमा प्रकाशित गरेर यस्तो नियमावली सार्वजनिक गरिएको छ ।

चितवनमा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा २१.२२ आना वा ३९.८६ धुर (६७५ वर्गमिटर) र बाँकी अन्य स्थानमा ३१.४५ आना वा ५९ धुर (एक हजार वर्गमिटर) भन्दा कममा कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार कृषि क्षेत्रमा झण्डै २ कठ्ठाभन्दा कम र अन्य स्थानमा झण्डै ३ कठ्ठाभन्दा कम जग्गा कित्ताकाट गर्न पाइनेछैन् ।

यस्तै काठमाडौंमा घर बनाउने प्रयोजन (आवास) को लागि एक सय ३० वर्गमिटर (४ आना) भन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकामा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा पनि १५.७६ आना (५ सय वर्गमिटर) भन्दा कम हुने गरी कित्ताकाट गर्न बन्देज लगाइएको छ । कित्ताको आकार वा क्षेत्रफल नमिलेर सीमानाकै अर्को कित्ताबाट केही निश्चत क्षेत्रफल ल्याएर जग्गा मिलान गर्न भने सकिने व्यवस्था यो नियमावलीमा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>