Breaking News

चितवनमा रासायनिक मलको चरम अभाव, किसान चिन्तामा

Banner

पूजा ढकाल

चितवन, जेठ २३-

चितवनमा धान रोप्ने समय सुरु हुन लाग्दा बजारमा रासायनिक मलको चरम अभाव भएकोले किसान चिन्तित छन् ।

हरेक वर्ष जस्तै यस वर्ष पनि धान रोप्ने समयमा जिल्लामा रासायनिक मलको चरम अभाव हुँदा किसानहरु चिन्तित भएका हुन् ।

असारमा धान खेतीको सिजन सुरु हुन लागेकोले विगत वर्षदेखि अभाव भोग्दै आएका किसानलाई धान रोप्दा खेतबारीमा यस वर्ष पनि छर्ने युरिया,डीएपी मलको अभाव भएको हो । साल्ट ट्रेडिङ कर्पाेरेसन चितवनका प्रमुख बुद्धिविनोद दाहालले चितवनमा मलको अभाव रहेको बताए । उनले अब दुईतीन दिनमा मल आइपुग्ने दाबी पनि गरे ।

भरतपुर माहानगरपालिकाको कृषि तथा पशुपन्छी प्रवद्र्धन शाखाकी प्राविधिक सहायक अन्जु साहाको अनुसार अहिले जिल्लामा रासायनिक मलसँगै धानको बिउको उच्चमाग रहेको छ । तर, महानगरले मागको एक चौँथाइ पनि बिउ र मल पु¥याउन सकेको छैन । यस वर्ष माहानगर क्षेत्र भित्रबाट मात्रै शाखामा ७५ वटा सहकारीबाट धानको बिउ र मलको मागआएको उनले जानकारी दिइन् । अहिले बिउको गुणस्तरकै कारण धान नफल्ने समस्या पनि रहेको उनको भनाइ छ ।

त्यस्तै मलको समस्या हेर्दा भरतपुर महानगरलाई मल कृषि सामग्री र साल ट्रेडिङले भाग लाएर दिने गर्छ । उनकाअनुसार महानगरको लागि २०७८ को माघ १६ गते मल आएपछि हालसम्म आएको छैन । उनले अब मल कहिले आउछ त्यो पनि निश्चित नहुने नारायणी अनलाइनलाई बताइन् । महानगरलाई मलको कोटा आउने र त्यही आएको मलको आधारमा शाखाले सहकारीलाई मल बितरण गर्दै आएको उनको भनाइ छ । उनी भन्छिन्, ‘हामीले मागको २५/३० प्रतिशत मात्र पनि पु¥याउन सकेको छैन ।’

अनुदानको मलआएको छैन र पछिल्लो समय युरिया माघ १७ गते आएको थियो भने डीएपी मंसिरमा आएको भरतपुर–१० को हाम्रो बकृ सहकारी संस्थाकी व्यवस्थापक पवित्रा अधिकारी पौडेलले जानकारी दिइन् । सहकारीले पहिले व्यक्तिको जग्गा हेरेर मल दिने गरे पनि अहिले बेचिएको नेपाली कालो मल मागअनुसार बेचिएको उनको भनाइ छ । अहिले बेचिएको मल अनुदानको मल भन्दा महंगो पर्ने र गुणस्तर पनि कम भएको उनले बताइन् ।

त्यस्तै चितवनमा तरकारी खेती तथा धान खेती गर्दै आएका कृषक टिकाराम गौतमका अनुसार अहिले मात्र नभएर विगतका वर्षदेखि नै रासायनिक मलको अभावहुँदै आएको छ । खेती लगाउने समयमा सधै मलको समस्या भोग्नु परेको र अहिले पनि युरियाको चरम अभाव रहेको उनको गुनासो छ । उनी भन्छन्, ‘धानको लागि प्रांगारिक मल सँगसँगै रासायनिक मलको पनि उत्तिकै आवस्यक हुने भएकोले यसको प्रयोग गर्न अति आवस्यक छ ।’ खेती बाली लगाउदा पहिले देखिनै प्रयोग गर्दै आएका किसानहरु अहिले रासायनिक मलको प्रयोग नगर्दा उत्पादनमा कमी आउने उनको भनाइ छ । आफूहरुले खेतीबाली लगाउँदा खेतबारीमा डीएपी, पोटास, युरिया, जिंकको प्रयोग गर्ने गरेको र घास चाढै बढाउन समेत १/२ पटक युरिया हाल्ने गरेको उनले बताए । उनकाअनुसार उनीहरुले धान रोप्ने सिजनसँगै अरु सिजनमा पनि सहज तरिकाले मोल पाएका छैनन् । अहिले सहकारीमा डीएपी केही पाए पनि युरिया भने लामो समयदेखिनै पाउन कठिन भएको उनको भनाइ छ ।

सहकारीबाट सेयर सदस्य बनेर मोल ल्याउने गरेको बताउँदै उनी भन्छन्,‘हामीले धेरै खेतीबाली लगाउने गर्छौ त्यसैले सहकारीले बाँढेको ५/१० केजिमल उपयुक्त छैन । ’ हाम्रो देश कृषि प्रदान देश भए पनि सरकारले कृषि क्षेत्रमा नीति नल्याउदा मलको अभाव भएको उनको धारणा छ । त्यस्तै विशेषत धान खेती लगाउने समयमा कालो बजारी गर्ने कारणले जिल्लामा मलको अभाव भएको सजिता ढकाल बताउँछिन् । व्यापारीहरु मलको मूल्यभन्दा ३/४ गुना बढीमा मल बेच्ने गर्छन् र जिल्लामा मलको अभाव हुँदा बढी मूल्य तिरेर कालो बजारी गरेर मलकिन्दा देशमा मलको अभाव सिर्जना भएको उनले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>