Breaking News

भरतपुर महानगर प्रमुख दाहालले भनिन्ः राजनीतिक खिचातानी बन्द गरौं

Banner

चितवन, जेठ २३-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनीतिक खिचातानी बन्द गर्न भरतपुरबासीलाई आह्वान गरेकी छन् ।

भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा सोमबारआयोजना भएको वृक्षरोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

महानगर प्रमुख दाहालले भरतपुरबासीलाई राजनीतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वान गरिन् । भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएकाले यो वा त्यो पार्टी भन्ने नै छैन, म साझा भएर विगतमा पनि काम गरेको र आगामी दिनमा पनि साझा भएर कामगर्ने प्रण गर्छु’ मेयर दाहालले भनिन् ।

यो वा त्यो पार्टीको नभनेर कुनै पनि भेदभाव नहुने उनले उल्लेख गरिन् । जनप्रतिनिधि भई कार्यभार सम्हालेपछि साझाभएर कामगर्नुको विकल्प नरहेको भन्दै उनले सबै नगरबासीहरु सहकार्य, एकताको भवानाबाट आगाडि बढ्नु पर्ने विचार व्यक्त गरिन् । ‘विगतमा जसरी काम गरेर हँुदैन, त्यो भन्दामाथि उठेर कामगर्ने संकल्प मैले गरेको छु’ मेयर दाहालले भनिन् ।

दोस्रो कार्यकालको लागि जनताको मन जित्ने कुरा, विश्वास जित्ने कुरा,मतलिने कुरा चुनौतीपूर्ण रहेको मेयर दाहालको भनाइ छ । भरतपुरलाई स्मार्ट सिटीका रुपमाविकास गर्न वृक्षरोपणसहितको सडक बनाउने गरी वडागत तहमाकार्यक्रम लागू हुने जानकारी दिइन् । सबै वडाको सुन्दरता, सरसफाईलाई विशेष प्रथामिकताका साथ कार्यक्रम पनि अगाडि बढाइने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>