चितवन विशेष
विश्व वातावरण दिवसको अवसरमा भरतपुरको रामनगर चोकदेखि ठिमुरासम्म सरसफाइ

पूजा ढकाल
चितवन, जेठ २२
विगत सात वर्षदेखि चितवनमा सक्रियरुपमा काम गर्दै आएको वे ग्रुप नेपालले आज भरतपुर महानगरपालिका–१ क्षेत्रमा ‘एक मात्र विश्व’ भन्ने नाराको तथा सरसफाइ गरेको छ ।
विश्व वातावरण दिवसको अवसरमा भरतपुर माहानगरपलिकाले आयोजना गरेको महानगर सप्ताहव्यापी कार्यक्रम तथा वे ग्रुप नेपालको संयोजनमा रामनगरदेखि ठिमुराचोक सम्म सरसफाइ गरिएको हो ।
विसं २०७३ जेठ २४ गतेबाट सञ्चालनमा आएको यस ग्रुपले जिल्लामा हरेक हप्ताको सोमबार सरसफाई गर्दै आएको वे ग्रुप नेपालका संयोजक भोजनारायण कँडेलले बताए । उनका अनुसार ग्रुपले डम्पिङमा जति सक्दो कम भन्दा कम फोहर पु¥याउने उद्देश्ले काम गर्दै आएको छ । उनी भन्छन् ‘हाल जिल्लामा ७० प्रतिशत नकुहिन फोहर र ३० प्रतिशत कुहिने फोहर हाम्रै घर तथा भान्साबाट उत्पादन हुँदै आएको छ, जुन फोहर कम गर्ने योजनामा हामी छौं ।’
त्यस्तै आफैले भान्साघरबाट कुहिने नकुहिने फोहर छुट्याउन सके घर तथा वातावरण सफा रहने र फोहर लाने गाडी आएन भन्ने चिन्ता नहुने उनको भनाइ छ । ग्रुपले ‘हप्ताको एक दिन एक छिन समाजको लागि’ भन्ने नाराको साथ जिल्लामा रहेर हरेक हप्ता सरसफाई गर्दै आएको छ । जसमा माहानगरले संकलन गरेको फोहर व्यवस्थापन गर्न कहिले गाडी पठाउने र कहिले बोरामा उठाएर राख्को फोहरलाई डम्पिङ पु¥याउन सहयोग गरेको उनले बताए ।
पछिल्लो समय मानिसमा फोहर फाल्न हुन्न भन्ने चेतना भए पनि बुझ पचाएकै कारण हाम्रो सहर सफा हुन नसकेको उनको धारणा छ । त्यस्तै उनका अनुसार विश्व वातावरण दिवसको अवसर पारेर एक दिन फोहर संकलन गर्दैमा, बालबालिका तथा विद्यर्थीलाई टिप्न लगाउँदैमा समाज सहर सफा हुँदैन । दैनिकरुपमा बालबालिकालाई फोहर फाल्नु हुँदैन भनेर घर स्कुलमा सिकाए बल्ल सहर, गाँउ तथा समाज सफा हुने उनले बताए । त्यस्तै अब आउने दिनमा पनि ग्रुपले निरन्तर रुपमा फोहर संकलनको काम गर्नै र जति सक्दो डम्पिङमा कम फोहर पु¥याउने उनको भनाइ छ ।
आज विभिन्न सामाजिक संस्थाहरुको सक्रिय सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भए पनि भोलि सोमबार पनि ग्रुपले जिल्लामा विभिन्न क्षेत्रमा सरसफाइ गर्ने उनले जानकारी दिए ।

























