Breaking News
प्रचण्डले भनेः नयाँ समिकरणको प्रयत्न भइरहेको छ, हामीलाई अवसर आउन सक्छ
०

काठमाडौं, जेठ २२-
सत्तासाझेदार दल नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताएका छन् ।
आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उनले कतिपय पार्टीहरूमा विभाजनको खतरा रहेको पनि बताए । ‘गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको छ । कतिपय पार्टीहरूमा विभाजनको खतरा पनि देखिरहेको छ । यो बेलामा हामीले ठिक ढंगले भूमिका निर्वाह गर्नुपर्छ । हामीलाई अवसर र चुनौती पनि आउन सक्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
बैठकमा प्रचण्डले अहिलेसम्म गठबन्धनको विकल्प नसोचिएको र प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन कायम रहने बताएको उनले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























