चितवन विशेष

भरतपुरमा लमजुङका जनप्रतिनिधि सम्मानित

Banner

चितवन, जेठ २१-

चितवनमा लमजुङ दूधपोखरी गाउँपालिकाका जनप्रतिनिधि सम्मानित भएका छन् ।

दूधपोखरी सम्पर्क समाज चितवन तथा नवलपुरको दोस्रो अधिवेशन र तेस्रो साधारण सभाको अवसरमा लमजुङका जनप्रततिनिधिहरु सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङ, उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ, वडा नम्बर २ का वडा अध्यक्ष अम्मर गुरुङ, वडा नम्बर ३ का वडा अध्यक्ष श्याम गुरुङ र वडा नम्बर ४ का वडा अध्यक्ष ओमबहादुर गुरुङ रहेका छन् । सम्पर्क समाजका अध्यक्ष होमनाथ न्यौपाने र उपाध्यक्ष गणेश गुरुङले अबिर लगाई दोसल्ला ओडाएर जनप्रतिनिधिहरुलाई सम्मानित गरेका हुन् ।

सम्पर्क समाजका अध्यक्ष होमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा दूधपोखरी गाउँपालिकाका सम्मानित जनप्रतिनिधिहरुले गाउँबाट आएर चितवनमा विभिन्न पेसा तथा व्यवसाय गरेर बसेका विज्ञ नागरिकहरुसँग सहकार्य गरेर विकासमा हातेमालो गर्न चाहेको बताएका थिए । गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले सम्पर्क समाजले गरेका कामहरु प्रति आफूहरु जानकार नै रहको भन्दै शिक्षा, पर्यटन र विकासमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।

कार्यक्रममा सम्पर्क समाजका सल्लाहकारहरु गैँडाकोटको साइनिङ बोर्डिङ स्कुलका प्रचार्य लक्ष्मीप्रसाद दवाडी, सेवा निवृत्त शिक्षक बाबुराम दवाडी र सबै जनप्रतिनिधिहरुले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष न्यौपानेले सचिव मधुसुदन दवाडी र आफ्नो संयुक्त प्रतिवेदन पेस गरेका थिए भने समाजकी कोषाध्यक्ष राधादेवी दवाडीले कोषाध्यक्षको प्रतिवेदन पेस गरेकी थिइन् । अधिवेशनमा लमजुङ दूधपोखरीको भीरमौरीको मह पनि प्रदर्शन गरिएको थियो । अधिवेशनमा दूधपोखरी सम्पर्क समाजले भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका सल्लाहकार बाबुराम दवाडीको संयोजकत्वमा प्राध्यापक देवीप्रसाद दवाडी र सहकारी अभियन्ता खिलानाथ न्यौपानेसहित निर्वाचन मण्डल घोषणा गरेर नयाँ नेतृत्व चयन गर्दै छ । कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पूर्वकार्यकारी निर्देशक भरतप्रसाद दवाडी, चम्पावती सेवा समाज काठमाडौँका अध्यक्ष सरोज न्यौपाने, उद्योगी कैलाश दवाडी, समाजसेवी यमबहादुर गुरुङ, उपन्यासकार यदुनाथ भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>