चितवन विशेष

चितवनमा लमजुङ दूधपोखरीको भीर मौरीको मह प्रदर्शनी

Banner

चितवन, जेठ २१-

लमजुङ दूधपोखरीको भीर मौरीको महको भरतपुरमा प्रदर्शनी गरिएको छ ।

दूधपोखरी सम्पर्क समाज चितवनको समन्वयमा लमजुङको स्थानीय उत्पादनलाई प्रचारप्रसार गर्न भरतपुर हाकिम चोकको सीएमटी रिसोर्टमा महको प्रदर्शनी गरिएको हो ।
लमजुङको दूधपोखरी क्षेत्र मह शिकारको लागि विश्व प्रसिद्ध मानिन्छ । फ्रान्सेली चलचित्र निर्देशक एरिक भ्यालीले त्यहाको मह शिकारको विषयलाई लिएर चारथर क्षेत्रलाई समेटेर ‘हनी हन्टर’ वृतचित्र बनाएका थिए । दूधपोखरी सम्पर्क समाजका उपाध्यक्ष गणेश गुरुङको संयोजनमा आज भएको प्रदर्शनीमा दर्शकहरुलाई भीर मौरीको महको बारेमा जानकारी गराइएको थियो । औषधिको रुपमा प्रयोग गर्न सकिने भन्दै अवलोकनकर्ताहरुले मह खरिद गरेका थिए । दूधपोखरी सम्पर्क समाज चितवन तथा नवलपुरको दोस्रो अधिवेशन र तेस्रो साधारण सभाको अवसरमा आज एकदिनलाई महको प्रदर्शनी गरिएको हो । अन्य समयमा भीर मौरीको मह इजी मार्ट बसेनीमा पाउन सकिने सम्पर्क समाजका उपाध्यक्ष गुरुङले नारायणी अनलाइनलाई बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>