अटो

कर घटाइएपछि १० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थ

Banner

काठमाडौं,जेठ २०-

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । अर्थ मन्त्रालयले गत मंगलबार पेट्रोलियम पदार्थको सीमावती मूल्य अन्तरसमेतको आधारमा करका दररेट समायोजन गर्न र संघीय बजेटमार्फत् पूर्वाधार करबराबरको रकम प्रतिलिटर १० रुपैयाँ समायोजन गर्न भनेपछि निगमले मूल्य घटाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अर्थ मन्त्रालयलाई पत्र पठाएपछि निगमको बिहीबार बसेको वैठकले शुक्रबार बिहानबाट लागू हुने गरी मूल्य घटाएको हो । अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भनेअनुरूप निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँमा झरेको छ । अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>