Breaking News

अर्थ मन्त्रालयले चितवनका पाँच नगरपालिकामा कसलाई कति पठायो बजेट ?

Banner

चितवन, जेठ १९-

चितवनका पाँच नगरपालिकाले आर्थिक वर्ष २०७९\८० मा अन्तरसरकारी बित्तिय हस्तान्तरणमार्फत् संघीय सरकारबाट दुई अर्ब ५३ करोड ९७ लाख रुपैयाँ बजेट पाएका छन् ।
अर्थमन्त्रालयले जारी गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरणमा चितवनका पाँच नगरपालिकाले पाएको बजेट बारे जानकारी गराइएको छ ।

सबै भन्दा धेरै बजेट पाउनेमा चितवनको रत्ननगर नगरपालिका छ । यस नगरपालिकाले ५९ करोड ७२ लाख रुपैयाँ बजेट पाएको छ । जसमा सामानीकरण अनुदान २० करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ७६ लाख र विशेष अनुदान पाँच करोड रहेको छ ।

त्यसैगरी चितवनकै राप्ती नगरपालिकाले जम्मा ५५ करोड ५९ लाख रुपैयाँ बजेट पाएको छ । जसमध्ये सामानीकरण अनुदान १८ करोड ५३ लाख रुपैयाँ, सशर्त अनुदान २४ करोड २६ लाख र विशेष अनुदान दुई करोड रहेको छ । त्यस्तै चितवनकै कालिका नगरपालिकाले ४० करोड ९८ लाख रुपैयाँ बजेट पाएको छ । जसमध्ये सामानीकरण अनुदान १५ करोड ५६ लाख रुपैँयाँ, सशर्तृ अनुदान २३ करोड ४२ लाख रुपैयाँ र विशेष अनुदान एक करोड रुपैयाँ प्राप्त गरेको छ । खैरहनी नगरपालिकाले संघीय सरकारबाट आर्थिक वर्ष २०७९÷८० मा ४८ करोड आठ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । जसमध्ये समानीकरण अनुदानमा १८ करोड १८ लाख रुपैयाँ, सशर्त अनुदानमा २५ करोड १२ लाख रुपैयाँ र विशेष अनुदानमा तीन करोड ५८ लाख रुपैयाँ रहेको छ ।

माडी नगरपालिकाले संघीय सरकारबाट अन्तरसरकारी बित्तीय हस्तान्तरणमार्फत् ४९ करोड ६० लाख रुपैयाँ प्राप्त गरेको छ । जसमध्ये समानीकरण अनुदान १३ करोड ९२ लाख, सशर्त अनुदान ३१ करोड ९८ लाख र विशेष अनुदान दुई करोड ५० लाख रुपैयाँ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>