Breaking News

पूर्वस्वास्थ्य मन्त्रीहरुले भने: सरकारले स्वास्थ्य बिमा कम्पनीमा लैजानु दुर्भाग्यपूर्ण

Banner

काठमाडौं, जेठ १९-

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन बिमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिने उल्लेख छ । यो निर्णयको पूर्वस्वास्थ्य मन्त्रीहरु र सत्तापक्ष दलकै नेता असन्तुष्ट छन्।

संसदमा बजेटमाथि सैद्धान्तिक छलफलमाथि भाग लिदैं पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन नरहेको बताए । उनले भने, ‘वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै क्याबिनेटमा थिए । त्यतिखेर पास गरेको ऐन हो यो । प्रचण्डको नेतृत्वमा गगन थापा स्वास्थ्यमन्त्री हुँदा यसमा गृहकार्य भएको थियो । स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीलाई दिने कुरा पुनरावलोकन गर्नुपर्छ । स्वास्थ्य बिमालाई नाफासँग जोडेर हेर्नुहुँदैन । स्वास्थ्य बिमाको लाइनमिनिस्ट्री स्वास्थ्य मन्त्रालय हो ।’

पूर्वस्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य बिमा कार्यक्रमलाई बिमा कम्पनीमार्फत् सञ्चालन गर्न नहुने बताए । उनले भने, ‘स्वास्थ्य बिमा सामाजिक सुरक्षा कार्यक्रम हो । वर्षौं लगाएर स्वास्थ्य बिमाको अवधारणा ल्याइएको हो । अर्थ मन्त्रालयले के कार्यक्रम ल्याइदियो अब यो बिमा कम्पनीमार्फत् चलाउने। नेपालले अहिलेसम्म लिएको सामाजिक सुरक्षाको दृष्टिकोण नै नबुझ्नु हो ।’

पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रमलाई कम्पनीकरण गरेर जनतामाथि खेलवाड गरेको बताए । उनले भने, ‘म नै स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बिमा कार्यक्रम ल्यायौं । त्यतिखेर अर्थ मन्त्रीले कानुन ल्याउन नदिएर स्वास्थ्य बिमा कार्यक्रममार्फत सुरु गरियो । तर, स्वास्थ्य बिमा कार्यक्रम प्राइभेट कम्पनीलाई दिइदैंछ । स्वास्थ्यमा बजेट घटाएर जनताको स्वास्थ्यमा खेलवाड गरिएको छ । स्वास्थ्य बिमा सामाजिक कार्यक्रम हो। कम्पनीकरण गरेर जनतामारा काम गरेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>