चितवन विशेष

देवघाटमा महिला लघुवित्तको कार्यशाला गोष्ठी

Banner

चितवन, जेठ १९-

देवघाटको महिला लघुवित्त शाखाले केन्द्र प्रमुखहरुको लागि कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

६५ जना केन्द्र प्रमुखहरु सहभागी रहेको गोष्ठीमा केन्द्र प्रमुखका काम, कर्तब्य, अधिकार, केन्द्रको दायित्व, सामुहिक जिम्मेवारी जस्ता विषयमा महिला लघुवित्तका देवघाट शाखाका प्रमुख रबिन दाहालले अभिमुखीकरण गरेका छन् । उनले संस्थाको नयाँ सेवा सुविधाहरु एवम् कर्जा तथा बचतका प्रकारहरुको बारेमा समेत जानकारी गराए ।

बजारमा लघुवित्त वित्तीय संस्थाहरु धेरै भएको अवस्थामा रोजेर छानेर र होसियार भएर मात्र सदस्य बन्न एवम् बनाउनको लागि केन्द्र प्रमुखसँग उनको अनुरोध थियो । उपस्थित केन्द्र प्रमुखहरुलाई बैँक तथा वित्तीय संस्थाहरुले दिने सेवा सुविधा, कर्जा सदुपयोगिताको महत्व, सदस्यता दोहोरोपनाले पार्ने असर तथा लघुवित्त वित्तीय संस्थाहरुले समाजमा पारेको सकारात्मक तथा नकारात्मक असरहरु, कृषिमा वित्तीय संस्थाको लक्ष्य, बचतको महत्वबारे वित्तीय संस्थाका अनुगमन तथा निरीक्षण विभागीय प्रमुख बुद्धिसागर न्यौपानेले जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष पूर्णबहादुर कुँवरले आफ्नो जस्तो ग्रामीण क्षेत्रमा लघुवित्त संस्थाहरुले महिला सशक्तिकरण तथा गरिबी निवारणमा सहयोग पु¥याएको बताएका थिए । उनले भने, ‘बिना धितो कर्जा लगानी गरी स्वरोजगार तथा उद्यमी बन्न प्रोत्साहन भई नागरिकमा बचत गर्ने बानीको विकासमा समेत लघुवित्तको टेवा पुगेको छ ।

वित्तीय संस्थाले कृषि पशुपालन, व्यापार तथा व्यवसायिक क्षेत्रमा लगानी गरी महिला सदस्यहरुलाई उद्यमी बनाएको र अझ थप उद्यमी सिर्जना गरी युवा शक्ति विदेश जानबाट रोक्न अहम भूमिका खेलेको कार्यक्रममा सहभागीले प्रतिक्रिया दिएका थिए । महिला लघुवित्तको देवघाटमा मात्र एक हजार बढी सदस्यहरुलाई प्रत्यक्षरुपमा वित्तीय सेवा पुयाइरहेको छ । महिला लघुवित्त वित्तीय संस्थाले ३३ वटा जिल्लाको ७० वटा शाखा मार्फत करिब ७० हजार घरधुरीलाई प्रत्यक्षरुपमा वित्तीय सेवा पु¥याइरहेको संस्थाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>