चितवन विशेष

कंक्रिट मिक्सर मेसिन आयातको भन्सार वृद्धि गर्न उद्योगीहरुको माग

Banner

चितवन, जेठ १८–

कंक्रिट मिक्सर मेसिन उत्पादक उद्योगहरुले कच्चा पदार्थ आयातको भन्सार दर नघटाएको भन्दै आपत्ति जनाएका छन् ।

आज (बुधबार) भरतपुरमा उद्योगीहरुले पत्रकार सम्मेलन गरि सरकार समक्ष पाँच बुँदे माग राखेको छ । राष्ट्रिय उद्योग संरक्षण गर्न कंक्रिट मिक्सचर मेसिनको आयातमा कम्तिमा ३० प्रतिशत भन्सार तथा १३ प्रतिशत भ्याट लगाउन उद्योगीहरुले माग राखेका छन् । नेपालमै उत्पादन हुने वस्तुको आयातमा भन्सार वृद्धि गर्नुपर्ने तर देशमा उत्पादन नहुने मेसिन, औजार, तयारी वस्तुमा सहुलियत दिइनुपर्ने भएमा मात्र सहुलियत दरमा भन्सार विन्दुबाट पास हुने व्यवस्था गर्न माग राखिएको गौरव नेपाल इन्जिनियरिङ प्रा.लि.भरतपुरका संचालक तारा पौडेलले बताए ।

यस्तै उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयातमा १ प्रतिशत भन्सार व्यवस्था गर्न उद्योगीहरुले माग राखेका छन् । रुपन्देहीमा कंक्रिट मिक्सर मेसिन उत्पादन गर्दै आइरहेका उद्योगी रामप्रसाद खनालले वर्षौदेखि आफूहरुको माग अर्थमन्त्रीहरुलाई जानकारी गराउँदै आएपनि यसपटक पुनः माग सम्बोधन नभएको भन्दै दुःख व्यक्त गरे । उनले स्वदेशमा रहेका उद्योगहरुलाई सरकारले प्रवद्र्धन गर्नुको साटो उल्टो धरासायी बनाउने बाटोमा लागेको भन्दै उद्योग चलाउने वातावरण बनाई दिन माग गरे ।

पत्रकार सम्मेलनमा बोल्दै चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले नेपालमा भएका उद्योगहरुलाई पलायन हुने गरि नीति बन्न नहुनेमा जोड दिए । नेपालमा उद्योग नभएका वस्तुहरुको आयातमा सरकारले सहुलियत दिनुपर्ने तर नेपालमै उद्योग भएकाहरुको आयातमा कडाई गरिनुपर्ने उनको भनाई थियो । उनले सरकारका यस्ता नीतिले स्वदेशमा उद्योग संचालन गर्न भन्दा व्यापार गर्नमा जोड दिने भएकाले यसले देशको विकास हुन नसक्ने बताए ।

नेपालमा केहीवर्ष पहिले १३ वटासम्म यस्ता उद्योगहरु संचालनमा थिए । अहिले सरकारको नीतिका कारण चल्न नसकेर ३ वटामा झरेको उद्योगीहरुको भनाई छ । यस किसिमका उद्योग हाल चितवनमा २ र रुपन्देहीमा एउटा रहेका छन् । सरकारले भारतलगायत देशबाट तयारी कंक्रिट मिक्सर मेसिन आयात गर्दा कम भन्सार दर कायम गरेको छ भने कच्चा पदार्थको भन्सारदर १५ प्रतिशत पु¥याएको छ भने प्रति केजी ५ रुपैयाँका दरले अन्त शुल्क समेत थप गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>