चितवन विशेष

चितवन मेडिकल कलेजमा ४१ दिनकी बालिकाको मुटुको शल्यक्रिया सफल

Banner

चितवन,जेठ १८-

चितवन मेडिकल कलेजमा ४१ दिनकी बालिकाको मुटुको शल्यक्रिया भएको छ । चैत २५ गते आमाको गर्भमा बसेको ७ महिनामै भरतपुरको नारायणी सामुदायीक अस्पतालमा उनको जन्म भएको थियो ।

जन्मिएलगत्तै उनको स्वास्थ्य खराब हुन थालेपछि परिवारले उनलाई भरतपुर अस्पतालको एनआइसियुमा लगेर राख्यो । त्यसपछि स्वास्थ्य जाँच गर्दा उनको मुटुमा खराबी देखियो । मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने भयो । नवजात शिशुको शल्यक्रिया गर्नुपर्ने जानकारीले कमजोर आर्थिक अवस्था भएका बुवा अनिल पुरीलाई चिन्तित बनायो । उनीसँग छोरीको शल्यक्रिया गर्ने खर्च त थिएन नै, उनले धेरै आशा राखेको भरतपुर अस्पतालमा मुटुको शल्यक्रिया सेवा पनि थिएन । शल्यक्रिया गर्न सक्ने अन्य अस्पतालमा उनको पहुँच पनि थिएन ।

छोरीको अवस्थाका कारण चिन्तित पुरीको परिवारको अन्ततः चितवन मेडिकल कलेजले हात थाम्यो । यहाँको स्वास्थ्यकर्मीहरूको समूहले करिब ८ घण्टा लगाएर यी बालिकाको शल्यक्रिया गरे । अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको शल्यक्रियाको नेतृत्व गरेका डाक्टर अनिल आचार्यले बताए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले उनीहरू दुबै जनालाई विपन्न वर्गको सुविधा उपलब्ध गराएर निःशुल्क शल्यक्रिया गरिएको बताए । उनका अनुसार विपन्न वर्गको स्वास्थ्योपचारका लागि अस्पतालले एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क गर्ने गरेको छ । देवकोटाले चितवन मेडिकल कलेजले डेढ महिनादेखि ७० वर्षसम्मकाको मुटुको शल्यक्रिया गरिसकेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>