Breaking News
प्रचण्डलाई रामचन्द्र पौडेलको जवाफः देश बचाउन कांग्रेस हार व्यहोर्न तयार छ
०

काठमाडौँ, जेठ १८-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश र जनता बचाउने काम गरिरहेको कांग्रेसले हार व्यहोर्न तयार रहेको बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै पौडेलले राष्ट्र, जनता र न्यायका पक्षमा कांग्रेसले लड्न नछाड्ने बताए।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आज कमलपोखरीमा आयोजित प्रशिक्षणमा प्रचण्डले दम्भ र अहंकार गरे एमालेलाई जस्तै गरी कांग्रेसलाई ठेगान लगाउन सकिने चेतावनी दिएका थिए ।
यसतर्फ लक्षित गर्दै पौडेलले आज अपरान्ह ट्विट गर्दै भनेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौं । तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















