चितवन विशेष

उद्योग वाणिज्य संघ–चितवनद्वारा नारायणगढमा आगलागीबाट पीडित व्यवसायीलाई राहत वितरण

Banner

चितवन, जेठ १८-

उद्योग वाणिजय संघ–चितवनले नारायणगढको कमलनगरमा भएको आगलागीका पीडित व्यवसायीलाई राहत हस्तान्तरण गरेको छ ।

आज संघको सचिवालयमा गत वैशाख १५ गते भरतपुर महानगरपालिका वडा नं ३ कमलनगरमा भएको आगजनीबाट क्षति भोगेका संघका सदस्य न्यू लामिछाने फेन्सी र एक्सप्रेस मोबाइल शप प्रत्येकलाई ५० हजार राहत हस्तान्तरण गरेको हो ।

राहतवितरणपछि मन्तव्य राख्दै संघकाअध्यक्ष चुननारायण श्रेष्ठले आगजनीका कारण व्यवसायीको करोडौंको क्षति भएको भएता पनि संघले आफ्ना सदस्यप्रति संघको दायित्व सम्झि राहतप्रदान गरेको बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस किसिमका बिपत्ति पूर्वसूचना नदिइ आउने बताउँदै व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित र सुरक्षिततवरले सञ्चालन गर्नुपर्ने बताए । सोही अवसरमा संघका पूर्वअध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सहललाल प्रधानले सदस्यता राहत कोषले संस्थाका सदस्यहरुलाई आकस्मिक रुपमा भइपरी आउने भौतिक क्षति पुगेको बेला व्यवसायीमा छाएको गम्भीर पीडालाई राहत महसुस गराउने उद्देश्यले यो कोषको स्थापना गरिएको बताए । कार्यक्रममा संघका निवर्तमानअध्यक्ष राजु श्रेष्ठले व्यवसायीले व्यवसायमात्रै गरेर हुँदैन सामाजिक उत्तर दायित्वका काम पनि गर्नुपर्ने विचार राखे । यस कोषले व्यवसायिक सामाजिक उत्तरदायित्वमा समेत टेवा पु¥याएको उनको विचार थियो ।

कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति, नेउवामहासंघको कार्यकारीणी सदस्य, विभिन्न वस्तुगत संघका अध्यक्षलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक राहत कोषलाई बढाउँदै लैजान सकिएमा अहिलेको रकमभन्दा धेरै सहयोग गर्न सकिने बताए । राहत रकम ग्रहण गर्दै संघका व्यवसायी एक्सप्रेस मोबाइल सपका प्रोपाइटर विष्णुमणि लामिछाने र न्यू लामिछाने फेन्सीका प्रोपाइटर सूर्यमणि लामिछानेले आफ्नो जतिसुकै क्षति भएता पनि संघले उपलब्ध गराएको राहतले आफूलाई संघको सदस्य भएकोमा गौरवको महसुस भएको बताए । संघले २०७६ साल देखि आफ्ना सदस्य व्यवसायीलाई विपद् परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले व्यवसायी राहत कोषको स्थापना गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए । संघले विगत केही वर्षदेखि सदस्य केन्द्रित कार्यक्रमहरु निःशुल्क कोरोना बिमा, व्यवसायी राहतकोष लगायतकाकार्यक्रमहरु सञ्चालनगर्दै आएको केसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>