Breaking News

संसदमा लालबाबु पण्डितले भनेः एक घण्टामा हेलिकोप्टरमा झुन्डिएर चितवन पुग्ने हो ?

Banner

काठमाडौं, जेठ १८-

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले सरकारले ल्याएको बजेटमा हावादारी कार्यक्रम समावेश भएको बताएका छन् ।

बुुधबार प्रतिनिधि सभा संसदको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले कर्मचारीको तलब बढेको तर, मजदुरको ज्याला कहिले बढ्ने भन्दै प्रश्न गरे ।

उनले बजेटले ठूला उद्योगलाई राहत दिएर साना उद्योगलाई मार्ने नीति लिएको आरोप लगाए । छलफलमा बोल्दै उनले काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने तथा सगरमाथा फेदीमा २ घण्टामा पुग्ने कस्तो महत्त्वाकांक्षी योजना हो भन्दै प्रश्न गरे ।

‘काठमाडांैबाट चितवन एक घण्टामा पुगिन्छ रे । के हेलिकोप्टरबाट झुन्डिएर जानुहुन्छ ? सगरमाथाको फेदमा पनि २ घण्टामा पुग्ने रे । त्यहाँ पनि हेलिकोप्टरमा झुन्डिएर जाने ? के भन्न खोजेको कति छुट्याएको हो बजेट ?” उनको प्रश्न थियो ।

पूर्वमन्त्री समेत रहेका पण्डितले स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेट बढाएर निजी क्षेत्र पोस्न खोजेको हो भन्दै प्रश्न गरे । उनले कुनै पूर्वाधार नभएको क्षेत्रमा मेडिकल खोल्नका लागि बजेट गएको तर, पूर्वाधार भएको स्थानमा सञ्चालन खर्च मात्र दिए पनि मेडिकल कलेज चल्ने भए पनि त्यहाँ बेवास्ता गरिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>