चितवन विशेष

जनप्रतिनिधिलाई जनकौली मध्यवर्ती सामुदायिक वनको स्वागत तथा सम्मान

Banner

चितवन, जेठ १७–

जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले स्थानीय तहको निर्वाचनबाट रत्ननगर–५, ६ र ७ का निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

मंगलबार एक कार्यक्रमकाबीच वडा नं.५ का वडा अध्यक्ष बालकृष्ण चापागाई, वडा नं.६ का वडा अध्यक्ष किरण चौधरी र वडा नं.७ का वडा अध्यक्ष सजना महतोलाई बधाई ज्ञापन गरिएको हो । कार्यक्रममा वडा नं.६ की वडा सदस्य बबिता चौधरीलगायत सदस्यहरुलाई समेत बधाई ज्ञापन गरिएको थियो ।

मृगकुञ्ज उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वनका अध्यक्ष जोगेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले सामुदायिक वनलाई व्यवस्थित गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>