चितवन विशेष
चितवनमा आफ्नै भतिजीमाथि बलात्कार अभियोगमा एक पुरूष पक्राउ
०

चितवन,जेठ १६-
पूर्वी चितवनमा आफ्नै भतिजीमाथि बलात्कार गरेको अभियोग लागेका पुरूष पनि अहिले प्रहरीको नियन्त्रणमा छन्। रत्ननगर–१० का ती पुरूषले आफूलाई बलात्कार गरेको बयान १५ वर्षीया बालिकाले प्रहरीसमक्ष दिएकी छन्। छोरी हराएपछि आमाले खोजिदिन आग्रह गरेर प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्।
खोज तलासका क्रममा भेटिएपछि बालिकाले ठूलो बुवाले गरेको दुर्व्यवहार सहन नसकेर भाग्नु परेको बताएकी थिइन्। त्यसपछि प्रहरीले ती पुरूषलाई नियन्त्रणमा लिएको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























