चितवन विशेष

चितवन निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

Banner

चितवन, जेठ १६-

चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

चितवनको राप्ती नगरपालिका–१ मा पर्ने निकुञ्जभित्र घाँस काट्न जाने क्रममा आज दिउँसो बाघले आक्रमण गर्दा राप्ती–१ की सोतीमाया तामाङको मृत्यु भएको हो । बाघको आक्रमणबाट ती महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी आएपछि अस्थायी प्रहरी पोष्ट लोथर र इलाका प्रहरी कार्यालय भण्डाराबाट टोली पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरी टोलीले शव जाँचको मुचुल्का तयार गर्ने लगायतका अनुसन्धान कार्य गरिरहेको जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>