Breaking News

बागमती प्रदेश सरकारले देवघाटमा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिने

Banner

चितवन, जेठ १६-

बागमती प्रदेश सरकारले चितवनको देवघाट धामलगायत प्रदेशका विभिन्न क्षेत्रमा पर्यटन प्रवद्र्धनका विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बागमती  प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै देवघाटमा आन्तरिक र बाह्य पर्यटक बढाउन विशेष कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख गरेका हुन् । नीति तथा कार्यक्रममा त्रिशूली लगायतका प्रदेशका मुख्य नदीमा जल पर्यटनलाई प्रथमिकता दिइनेबारे उल्लेख गरिएको छ । पर्यटकीय क्षेत्रलाई पर्यटकीय ग्राम घोषणा गरेर स्थानीय जात्रा, पर्व सञ्चालन गर्न प्रोत्साहन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी प्रदेश सरकारले लोपोन्मुख भाषा तथा साहित्यको प्रवद्र्धन गर्ने नीति बनाएको छ ।  प्रदेश वन नीति तर्जुमा घोषणा गर्दै प्रदेश सरकारले राष्ट्रिय वन क्षेत्रमा, जलाधार क्षेत्रको संरक्षण र व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारको नीतिमा प्रदेश यातायात गुरुयोजना स्वीकृत गरी कार्यान्वयन गरेर वागमती प्रदेश चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ । प्रदेश सरकारले वाग्मती प्रदेशका सडक तथा पुलहरु डिजाइन, झोलुंगे पुलको निर्माणलाई प्राथमिकता दिएको छ । बढ्दो इन्धनको मागसँगै वाग्मती प्रदेश सरकारले सरकारी कार्यालयमा विद्युतीय सवारीलाई मुख्य प्राथमिकता दिएको छ । विद्युतीय सवारी बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नुका साथै यातायाता व्यवस्था कार्यालयले दिने सेवालाई सरल र प्रभावकारी बनाइने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले वाग्मती प्रदेशलाई डिजिटल प्रदेश बनाइने घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>