Breaking News

हराइरहेको जहाज खोज्न बिहानैदेखि सेना र प्रहरी परिचालन

Banner

पोखरा,जेठ १६-

पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको सम्पर्कविहीन जहाज खोजीका लागि सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रामकुमार दानीले आज बिहानैदेखि जहाज खोजीका लागि सुरक्षाकर्मी टोली परिचालन गरिएको बताए।

आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०ः१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन छ। आइतबार साँझसम्म सुरक्षाकर्मी र स्थानीयले जहाजको खोजी गरे पनि फेला पारेका थिएनन्।

डिएसपी दानीका अनुसार आज बिहान सेनाको हेलिकप्टरबाट पनि खोजी कार्य जारी छ। ‘मौसम सफा नहुँदा हेलिकप्टरबाट खोजी कार्यलाई निरन्तरता दिन कठिनाइ भइरहेको छ, कुहिरो लागेको छ। केहीबेरमा मौसम सफा होला,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>