Breaking News

बजेटमा चितवनः शक्तिखोर –मझिमटार सुरुङमार्ग अध्ययन गर्न बजेट विनियोजन

Banner

चितवन, जेठ १५-

सरकारले चितवनको शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणको लागि अध्ययन गर्न बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सरकारले यस आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सुरुङ मार्गको अध्ययनको लागि बजेट छुट्याइएको उल्लेख गरेका हुन् । यस सुरुङमार्गसहित अन्य सुरुङमार्ग अध्ययनको लागि एक अर्ब बजेट विनियोजन गरिएको छ । यसअघिका सरकारहरुले पनि बजेट विनियोजन गरिएको भए पनि खासै कार्य प्रगति हुन सकेको छैन । यो सुरुङ मार्ग बनेमा सडक मार्ग ३० किलोमिटर बढी छोटो हुने विज्ञहरुको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>