Breaking News

सरकारले सबै स्थानीय तहमा ‘नागरिक आरोग्य’ अभियान सञ्चालन गर्ने

Banner

चितवन, जेठ १५-

सरकारले योग, ध्यान र शारीरिक अभ्यासलाई प्रवद्र्धन गर्दै ‘नागरिक आयोग्य अभियान’ सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको बजेटमा सरकारले नागरिकलाई स्वस्थ्य बनाउन योग, ध्यान, शारीरिक अभ्यासलाई प्रवद्र्धन गर्ने नीति लिएको बताएका हुन् ।
उनले आधारभूत आवश्यकताको रुपमा स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउँदै लगिने बताएका छन् । सरकारले हरेक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गर्नाको साथै विपन्नलाई औषधि उपचार खर्च बापत मासिक पाँच हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । त्यसैगरी विपन्नलाई एक हजार पोषण खर्च, मृगौला रोगीहरुको निःशुल्क मृगौला प्रत्यारोपण, निजी अस्पतालहरुले वार्षिक दिनमा दुई पटक स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन बिमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी सरकारले गरेको बजेटमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>