Breaking News

चितवनको खैरहनी नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेका निर्वाचित

Banner

चितवन, जेठ १५-

खैरहनी नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेबाट निर्वाचित भएका छन् ।

आज भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्य एमालेको निर्वाचित भएका हुन् । कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए ।

कार्यपालिकामा एमालेको तर्फबाट आनन्द दरै, दुःखीराम दरै, भैया विक सबैले जनही ४० मत ल्याएका थिए भने उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट सबैले २७ मत ल्याएका थिए । त्यसैगरी अन्य सदस्यहरुमा एमालेकै गोमा देवी, बुद्धरमिया महतो, मेनुका परियार, बिश्रमिया चौधरी, विष्णुमाया कामी रहेका छन् । उनीहरु प्रत्येकले ४० मत ल्याउँदा कांग्रेसका उम्मेदवारहरुले २७ मत मात्र ल्याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>