चितवन विशेष

बालेन, हर्क र गोपालको जितको खुशीयालीमा भरतपुरमा रक्तदान कार्यक्रम

Banner

चितवन, जेठ १४–

ब्लड डोनर्स सोसाइटी नेपालद्वारा भरतपुरमा शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा स्वतन्त्रबाट काठमाडौं महानगरको मेयर पदमा बालेन्द्र शाह, धरान उप–महानगरपालिकामा हर्क साम्पाङ राई र धनगढी उप–महानगरका गोपाल हमलालगायतका स्वतन्त्र उम्मेदवारहरुको विजय उत्सवको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा विभिन्न स्थानबाट आएका २३ ले रक्तदान गरेका थिए ।

कार्यक्रमको सहयोगी संस्थाहरुमा जेम्स फर्मा, के.एस पोल्ट्री सप्लायर्स लगायत अन्य विभिन्न संघसंस्था रहेका थिए ।
–निराज रानाभाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>