चितवन विशेष

अनलाइन हिंसाको मारमा राजनीतिमा सक्रिय महिला

Banner

प्रतिमा कुमाल

चितवन, जेठ १४–

नेपालमा महिला राजनीतिज्ञ माथि अनलाइन माध्यमबाट अत्याधिक हिंसा हुने गरेको पाहिएको छ ।

चितवनमा गरिएको तीन दिने गोष्ठीमा पानोस साउथ एसियाको अनुसन्धाले यस्तो देखाएको हो । पानोसले प्रारम्भिक रुपमा पत्ता लगाएको कुराहरु अनुसार महिला राजनीतिज्ञमाथि बढी अपमानजनक र घृणित प्रतिक्रिया प्रयोग भएको पाइएको छ ।

राजनीतिक रुपमा सक्रिय रहेका महिलाहरुलाई प्रयोग गरिएका २४३ वटा स्त्रीद्वेषी प्रतिक्रिया मध्ये १३९ वटा अपमानजनक तथा घृणायुक्त विषयवस्तु रहेका छन् । यस्तै महिलाहरुको क्षमताको अवमूल्यन गर्ने तथा महिलाको सफलताका लागि उनीहरुको शक्तिशाली साथी वा नातेदारलाई जस दिने वा सम्बन्धित बनाउँने ६३ वटा, यौनिक रुपमा भ्रमपूर्ण तस्बिर प्रस्तुत गर्नु वा महिलाहरुको पारम्परिक भूमिका सम्बन्धी नकारात्मक धारणालाई लिएर बेइज्जत गर्ने भनाइहरु २४ वटा, लज्जित बनाउने वा इज्जतमा प्रश्न उठाउने तथा महिलाको चरित्रका बारेमा गम्भीर नकारात्मक टिप्पणी गर्ने १६ वटा विषयवस्तु व्यक्त गरिएको छ । एउटा भौतिक आक्रमणको धम्की तथा कुनै महिलालाई शारीरिक हिंसा गर्ने धम्की दिने प्रतिक्रिया अनुसन्धानको क्रममा पाइएको पानोसको तथ्याङ्कले पुष्टि गरेको छ । पानोसले स्त्रीद्वेषी यस्ता शब्दहरुलाई ८० शब्दावलीहरुको आधारमा वर्गीकरण गरी पहिचान गरेको थियो ।

अनुसन्धानका माध्यमहरु

यो अनुसन्धनका क्रममा पाँच राष्ट्रिय दैनिक, तीन साप्ताहिक, सात समाचार वेभसाइट, आठ वटा टेलिभिजनले प्रसाण गरेको १० वटा अन्तरर्वाता, ३७ जना महिला राजनीतिज्ञहरुका ट्विटर, १०२ महिला तथा पुरुष राजनीतिज्ञ तथा दुई हजार बढी व्यक्तिहरुले पछ्याएका प्रभावशाली व्यक्तित्वहरुका फेसबुक पेजबाट जानकारी निकालिएको हो ।
यस्तै राजनीतिक दल, राजनीतिज्ञ तथा प्रभावशाली स्वतन्त्र समूहसँग सम्बन्ध राख्ने ५० वटा फेसबुक, महिला तथा पुरुष राजनीतिज्ञ, अभियानकर्मी तथा अन्य व्यक्तिहरुमध्ये सक्रिय प्रयोगकर्ता रहेका २० वटा टिकटक खाता समेत अनुगमन गरिएको थियो । यो अध्ययनले २०७८ सालको कात्तिक ३० देखि माघ १७ सम्मको अवधिलाई मात्रै हेरेको छ ।

देशको स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते सकिएको छ । यस निर्वाचनबाट २५ पालिकाको नेतृत्वमा महिला छानिएका छन् । निर्वाचनको उमेद्वार बनेसँगै उनीहरुलाई बेइज्जत गरेर, धम्क्याएर, होच्याएर अनलाइन वातावरणलाई त्रासयुक्त बनाइएको थियो ।

अझै दुई तहको निर्वाचन हुन बाँकी छ । स्थानीय तह निर्वाचनमा कडा प्रतिस्पर्धा भएकाले आउँदा दुई तहको निर्वाचन पनि यस्तै हुने संकेत गरिएको छ । त्यसका साथै आफ्नो पक्षमा हुने भए राजनीतिक दलहरु तथा तीनका समर्थकहरुले भ्रामक÷ मिथ्या जानकारी फैलाउनलगायतका सबै कामहरु गर्ने देखिन्छ । आफ्नो विपक्षमा भएका महिलाहरुलाई लक्षित गरी घृणायुक्त तथा स्त्रीद्वेषी प्रयोग गरेर प्रतिक्रिया लेख्ने तथा लज्जित पोस्टहरु बनाएर सूचनाहरुको प्रचार प्रसारमा पनि वृद्धि हुने देखिन्छ ।

निर्वाचनको सेरोफेरोमा खासगरी महिला उम्मेद्वार र राजनीतिक रुपमा सक्रिय महिलाबारे गलत सूचना र घृणा फैलाउने सामग्रीहरुको सङ्कलन मूल्याङ्कन र विश्लेषण गरी यस्ता अवान्क्षित कार्यलाई रोक्न पानोसले यस प्रारको कार्यक्रम गरेको हो । अहिलेसम्म यसले काठमाडौं, बुटवल, धनगडी र चितवनमा गरिसकेको छ । चितवनमा भने यही जेठ ११ गते देखि १३ गतेसम्म गोष्ठी भएको थियो । गोष्ठीमा पत्रकार, शिक्षा, राजनीतिक, सामाजिक क्षेत्र लगायतमा रहेका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यस गोष्ठीमा पानोस साउथ एसियाका दीपक अधिकारी, ज्ञानेन्द्र आचार्य, पुष्पा जोशी, अरुण कार्की र पर्पल फाउण्डेशनकी सिर्जना काफ्लेले आफूले गरेको अनुसन्धानको पाटो प्रस्तुत गरेका थिए । उनीहरुले राजनीतिमा सक्रिय महिलामाथि मिडियामा हुने हिंसा विषयमा मिडिया निगरानी, तथ्याङ्क संकलन, डिजिटल सुरक्षाको लागि अपनाउनु पर्ने तरिका, मिथ्या भ्रामक गलत सूचना कसरी फैलिन्छ ? निर्वाचन केन्द्रित तथ्य जाँचको अवस्था, तथ्य जाँच गर्ने विधि, उपकरण, राजनीतिक रुपमा सक्रिय महिला विरुद्ध हुने हिंसा, अनलाइनमा हुने लैङ्गिक हिंसा बारेको तथ्याङ्क बुझाइ र विश्लेषणसम्बन्धी जानकारी दिएका थिए ।

तीन दिनसम्म चलेको सो कार्यक्रममा पत्रकार प्रतिमा सिलवाल, सामाजिक अभियानकर्मी जीवन क्षेत्री, महिला राजनीतिज्ञ तथा माओवादी केन्द बागमती प्रदेश कोषाध्यक्ष संगिता भट्टराई, प्रदेश कमिटी सदस्य नेकपा एमाले शान्ति अधिकारीलगायत वक्ताहरुले आफ्नो अनुभव, हिंसाको पहिचान र निराकण विषयमा बोलेका थिए । उनीहरुले घर देखिनै यसता विभेदकारी हिंसाजन्य काम गर्नहुन्न भन्ने शिक्षाको विकास गर्नुपर्ने बताएका थिए । विद्यालय शिक्षा र कानुनले मानिसलाई सबल नबनाउने उनीहरुको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>