चितवन विशेष

पैसा खाएको प्रमाण देखाउनुस् झुण्डिन तयार छुः जीतनारायण श्रेष्ठ

Banner

चितवन, जेठ १३–

नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ आफूमाथि पैसा खाएको निराधार आरोप लगाउनेलाई प्रमाण पेश गर्न चुनौति दिएका छन् ।

शुक्रबार कांग्रेस चितवनले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टीको पक्षमा लाग्दा पैसा खाएको आरोप लागेको भन्दै त्यस्ता आरोप लगाउनेलाई प्रमाण पेश गर्न चनौति दिएका हुन् । पार्टीको निर्णय विपरीत कोही पनि बाहिन जान नसक्ने भन्दै पार्टी हित विपरित काम गर्नेहरुले नै पैसा खाएको भ्रम छर्न थालेको उनले बताए । श्रेष्ठले भने–‘हामी पार्टीले निर्णय गरेपछि गठबन्धनलाई जिताउनुपर्छ भनेर लाग्दै गर्दा बाहिर सामाजिक संजालमा पैसो खायो, राजेश्वरले २० करोड खायो, जीतनारायणले १८ करोड खायो भनेर प्रचार गरियो, पार्टीको निर्णय मान्ने मान्छेले पैसा खाएको हुन्छ की नमान्नेले खाएको हुन्छ ?’ उनले थपे–‘कसैले एक रुपैयाँ खाएको भनेर प्रमाणित गरेर देखाउन सक्छ भने मेरो सामाजिक जीवनमा झुण्डिएर मर्न तयार छु ।’

उनले पार्टीले निर्णय विपरीत लाग्नेहरु नै भ्रमको खेतीमा लागेको भन्दै त्यसको मूल्यांकन पार्टीले गर्नुपर्ने बताए । उनले भरतपुर महानगरपालिकाको मेयर पाउनुपर्ने विषयमा सुरुवाती समयमा आफूहरु नै लागि परेको भन्दै पार्टीले निर्णय गरिसकेपछि त्यसको विरुद्धमा जान नसकिएको बताए । ‘भरतपुरको मेयर पद पाउनुपर्छ भनेर अन्तिम समयसम्म लड्यौं, तर कांग्रेस केन्द्रले निर्णय गरि सके पछाडि पार्टीको एउटा सिपाहीको नाताले केन्द्रले गरेको निर्णय विपरीत जानु हुँदैन भनेर हामी अधिकांश साथीहरु रोकियौं, केही साथीहरु लाग्नुभयो निर्वाचनमा पनि भाग लिनुभयो । त्यसमा धेरै कुरा गर्नै पर्दैन ।’

श्रेष्ठले पार्टीको निर्णय भन्दा बाहिर कोही पनि जान नसक्ने भन्दै पार्टी बचाउनकै लागि आफूहरु पार्टी निर्णयलाई मानेर अघि बढेको बताए । ‘पार्टीले निर्णय गरेपछि पार्टीको निर्णय मान्नुपर्छ की पर्दैन, घर बनाउने, सोही घरमा बस्ने, अब म मर्ने बेला भयो भनेर घरको बाउले घरमा आगो लगाएर हिड्यो भने त्यो घर चल्छ की चल्दैन हामी गम्भिरतापूर्वक सोच्ने की नसोच्ने अहिले बडो पेचिलो अवस्थामा छौं ।’–श्रेष्ठले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>