देश/प्रदेश
ओलीको टिप्पणी गलत भनेपछि एमाले सांसदको आपत्ति

काठमाडौँ, जेठ १३-
बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले गर्नुभएको टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको मन्त्री बडूले बताउनुभयो । निगमलाई वित्तीय, व्यस्थापकीय सुधार गरेर आयातलाई सहज बनाउने उद्देश्यले सरकारले प्रक्रिया अगाडि बढाएको उहाँले उल्लेख गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दलका नेताले आधारहीन वक्तव्य दिएको भन्दै मन्त्री बडूले सत्ता गुमाउनुपर्दाको पीडा पूर्वप्रधानमन्त्री ओलीको तर्फबाट बिहीबार संसद्मा प्रस्तुत भएको उल्लेख गर्नुभयो । मन्त्रीको उक्त वक्तव्य आएपछि प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का सांसदहरु खगराज अधिकारी र विशाल भट्टराईले आपत्ति जनाउनुभयो ।
एमालेका सांसदले विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका प्रमुख सचेतक भट्टराईलाई बोल्ने समय दिनुभयो । भट्टराईले मन्त्रीको वक्तव्य तथा प्रमुख विपक्षी दलका नेतामाथि लगाइएको आरोप फिर्ता लिन आग्रह गर्नुभयो । त्यस्तै, एमाले सांसद अधिकारीले पनि प्रमुख प्रतिपक्षी दलका नेतामाथि लगाइएको आरोप फिर्ता लिन पुनः आग्रह गर्नुभयो ।
त्यसपछि सभामुख सापकोटाले पुनः मन्त्री बडूलाई बोल्ने समय दिनुभयो । मन्त्री बडूले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेताले निगम निजीकरण गर्न लागिएको र कमिसन खान लागेको भन्नेजस्ता टिप्पणी शतप्रतिशत गलत रहेको पुनः दोहो¥याउनुभयो ।
एमाले सांसदले विरोध जनाएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ । मन्त्री बडूले निगम पछिल्लो समय रु ४७ अर्ब घाटामा भएको र भारतीय आयल कर्पोरेशनलाई रु २२ अर्ब ४० करोड तिर्न बाँकी रहेको जानकारी दिनुभयो । रासस

























