Breaking News

सर्वोच्चले उल्ट्यायो श्रीमती हत्याका अभियुक्त कोइरालाको फैसला, साढे ११ वर्ष जेल बस्नुपर्ने

Banner

काठमाडौं, जेठ १२-

सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको छ ।

कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए ।

उनका अनुसार कोइरालाले पूरा २० वर्ष नै जेल बस्नुपर्नेछ । उनी अहिलेसम्म साढे ८ वर्षमात्र कैद बसेका छन् ।

कोइरालालाई कर्तव्य ज्यान मुद्दामा कैद सजायमा सर्वोच्च अदालतले नै अघिल्लो वर्ष छुट दिएको थियो । सर्वोच्चको उक्त फैसलाको चौतर्फी आलोचना भएको थियो । त्यतिमात्रै नभएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउँदा पनि यही गलत फैसला गरेको कारण देखाइएको छ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र टंक मोक्तानको इजलासले यस्तो फैसला गरेको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार यसअघि पुनरावेदन अदालतले दिएको फैसलालाई नै आज सर्वोच्चले सदर गरेको छ । कोइरालाले २०६८ सालमा श्रीमती गीताको हत्या गरी शवसमेत नष्ट गरेका थिए ।

उनलाई २०७१ सालमा काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सोही आदेशलाई पुनरावेदन अदालत पाटनले पनि सदर गरेको थियो । जेलमा रहेका कोइरालालाई सर्वोच्च अदालतले अघिल्लो वर्ष २० वर्षको कैदलाई घटाएर ८ वर्ष हुने गरी सजाय घटाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>