चितवन विशेष

भरतपुर–१६ का वडा अध्यक्ष हमालले गरे पदभार ग्रहण, सुत्केरी र पशुपालक किसानलाई राहतको घोषणा

Banner

पूजा ढकाल

चितवन, जेठ १२ –

भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष अमृतराज हमालले पदभार ग्रहण गरेका छन् ।

एक औपचारिक कार्यक्रमकाबीच हमालले आफ्नो कार्ययोजना सहित पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै हमालले पहिलो निर्णयमा वडाका रहेका गरिब तथा विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमाकोे व्यवस्था मिलाउने बताए । त्यस्तै उनको दोस्रो योजना भने सुत्केरी महिलाको लागि पोषणयुक्त खाना तथा यातायात खर्चको लागि एक हजार ५०० रुपैयाँ दिइने रहेको छ । वडामा धैरै पशुपालक किसान रहेका छन् र पशुलाई विभिन्न किसिमका रोगले सताउने भएकोले पशुपालक किसानलाई पनि एक हजार प्रदान गर्ने व्यवस्था मिलाउने उनले बताए ।

उनी भन्छन्, ‘वडावासीले यस पटक पनि मलाई बिश्वास गरेर जिताउनु भएको छ, म यो बिश्वास चुक्न दिने छैन ।’ अब आउने दिनमा वडालाई महानगरका मात्रै नभएर नेपालकै नमुना वडा बनाउने हिसाबले काम गर्नेछु । त्यस्तै पहिले दुई वर्ष कार्यकाल खाए पनि कोरोनाका कारण काम सम्पन्न भएका छैनन् । त्यो रोकिएका कामलाई पूर्णरुपमा निरन्तरता दिई पाँच वर्षमा नभइ यो कार्य वर्षमै समापन गर्ने उनले बताए । आफ्नो वडालाई सुसासन तथा भष्टचारमुक्त शहर बनाउने उनको लक्ष्य रहेको छ ।

उनको अनुसार वडा नं १६ को मुख्य समस्या भनेको वन्यजन्तु बस्ती पस्ने र खेतीबाली नष्ट गर्ने हो । जसको कारण स्थानीयले विभिन्न सास्ती खेप्नु परेको छ । यो समस्याको पनि समाधान गर्ने उनको भनाइ छ । त्यस्तै सरकारको योजनामा बनेको पानी जाहाजलाई पनि वडाको पर्यटन क्षेत्रमा जोडेर यहाँ रहेका विभिन्न पर्यटकीय क्षेत्रको विकास गर्ने उनले भनाइ छ ।

यस पटक गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवार दिएका हमालले नेकपा एमालेका उमेदवार ईन्द्रबहादुर बस्नेतलाई २६७८ मतले पराजित गरेका हुन् । ९२८१ मतदाता रहे पनि ६८०५ मत खसेकोमा हमालले ३९११ मत पाए भने बस्नेतले १२३३ मत मात्र पाएका हुन् । त्यस्तै दुई वर्ष अगाडि नेकपा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष चतुरमान गुरुङको मृत्यु पछि भएको उपनिर्वाचनमा समेत हमालले एमालेलाई पराजित गर्दै विजय भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>