अन्तर्राष्ट्रिय

भारतको बिहारमा नक्कली मदिरा खाएर १३ जनाको मृत्यु

Banner

बिहार, जेठ १२-

भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।
उक्त घटना दक्षिण बिहारको औरङाबाद र गया जिल्लामा भएको बताइएको हो ।

बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि ’सुक्खा राज्य’ को रूपमा चर्चा गरिने गरिएको छ ।

तर, छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ । मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको एकिन संख्या भने बताउन अस्वीकार गरेका छन् ।

धेरै जसो पीडितहरूले बान्ता हुने, पेट दुख्ने र कम देख्ने अनुभव गरेको बताइएको छ । ’छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा बिक्री गरिएको’, जी न्युजले उल्लेख गरेको छ । यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>